कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ चप्परगाउमा लागको हाट बजारमा व्यक्तिले घाटीमा लगाएको सुनको सिक्री तानेर चोर्ने क्रममा एक युवक पक्राउ परेका छन् ।
स्थानीयवासी तथा पूर्व प्रहरी ओमदेव भाटले तरकारी किनिरहेका बेला पर्साको पटवरा सुगौली गाउँपालिका ४ का १९ वर्षीय गोपाल रायले घाटीबाट सिक्री तानेर चारेको अवस्थामा पक्राउ परेका हुन ।
आफ्नो घाटीको सिक्री तानेको युवालाई पक्राउ गरी भाटले प्रहरीलाई बुझाएका थिए । इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक लाकेन्द्र जिसिले भाटसँगै ३ जना युवाहरूसँगै थिए । पक्राउ परेका युवकमाथि चोरी सम्बन्धी मुद्दामा घटनाको अनुसन्धान भइरहेको जिसिले बताए । अन्य २ जनाको खोजी भइरहेको उनले बताए ।
प्रतिक्रिया