३० फाल्गुन २०८१, शुक्रबार | Fri Mar 14 2025

बुटवलमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु



बुटवल ।

बुटवलको नेपालगंज रोडमा विहिबार विहान १० बजे सवारी दुर्घटना हुँदा एक जनाको मृत्य भएको छ ।
बुटवलबाट पश्चिम तर्फ जादै गरेको लु २ ख ३३३६ नम्मवरको टिप्परले सोही दिशा तर्फ जाँदै गरेको लु

४१ प १५२८ नम्वरको मोटरसाईकललाई पछाडीबाट ठक्कर दिएको थियो ।

टिप्परको ठक्करबाट गम्भिर घाईते मोटरसाईकल चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितले बताए । उनका अनुसार मृतकको पहिचान खुल्न बाँकी रहेको बताए ।

ठक्कर दिने टिप्पर र चालकलाई नियन्त्रणमा लिएको पण्डितले बताए ।

प्रकाशित मिति : २४ माघ २०८१ बिहिबार ००:००  २ : २१ बजे