३० फाल्गुन २०८१, शुक्रबार | Fri Mar 14 2025

अर्घाखाँचीमा बाँदर नियन्त्रण गर्न सामुदायिक वनमा फलफूलका बिरुवा



अर्घाखाँची ।

गाउँमा बाँदर नियन्त्रण गर्न भन्दै अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१० मा रहेको घाटाखोला, बेल्टारी सामुदायिक वनमा फलफूलका बिरुवा राेप्न शुरू भएको छ ।

उत्पादन दिने फलफूल लगाएर आम्दानी गर्न सकिने र गाउँमा बाँदर नियन्त्रण पनि हुने विश्वासले सामुदायिक वनमा फलफूलका बिरुवाहरू लगाउन थालेको घाटाखोला, बेल्टारी सामुदायिक वनका अध्यक्ष नारायण भट्टराईले बताउनुभयो ।

यस वर्ष जङ्गलमा दुई सयभन्दा धेरै म्यालका रुख, झन्डै चार सय नासपातीका बिरुवा रोपिएको कृषि प्राविधिक गणेशप्रसाद बञ्जाडेले बताउनुभयो । यस्तै गिठा, स्कुस, भ्याकुर, तरुललगायतका कन्दमूलका बिरुवाहरूसमेत लगाइएको छ ।

बाँदरले खान मिल्ने फलफूल वनमै हुँदा घर गाउँमा डुल्ने बाँदर वनमा रोकिने र खेतीपाती जोगिने अनुमान छ ।

प्रकाशित मिति : २४ माघ २०८१ बिहिबार ००:००  २ : १५ बजे