१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025

कांग्रेस सात बुँदे सहमतिमा दृढ छ: देउवा



काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले र कांग्रेसको संयुक्त गठनको बेला भएका सहमति कार्यान्वयन गर्न पार्टी दृढ रहेको बताएका छन्।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले विगतमा सरकार स्थिर नहुँदा आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव परेको कारण वर्तमान सरकार गठन भएको दाबी गरे।

उनले मुलुकमा सुशासन कायम गर्दै मुलुकमा आर्थिक समृद्धि ल्याउनु वर्तमान सरकारको मुख्य ध्येय भएको बताए। सरकार सुशासन कायम गर्दै आर्थिक अन्नतिको क्षेत्रमा अघि बढिरहेको सभापति देउवाले बताए।

उनले भने, ‘विगतमा सरकार स्थिर नहुँदा मुलुकको आर्थिक स्थितिमा नकारात्मक प्रभाव परेको हुँदा यो सरकार गठन भएको हो। काँग्रेस र एमालेबीच सात बुँदै सहमति भएर सरकार गठन भएको हो। यसमा अन्यमा दलहरु समेत समाहित छन्। सरकार गठनका बखत भएको सहमति कार्यान्वयनका लागि नेपाली काँग्रेस दृढ छ। यो सहमति कार्यान्वयन हुनेछ र अन्य राजनीतिक दलहरुको सहयोग रहेनछ भन्ने मेले विश्वास गरेको छु। मुलुकमा सुशासन कायम गर्दै आर्थिक समृद्धि हासिल गर्ने सरकारको मुख्य ध्येय हो। सरकार यस मार्गमा सकारात्मक रुपले अघि बढिरहेको छ। र आगामी दिनमा पनि राम्रो काम गर्दै जानेछ भन्ने मैले विश्वास लिएको छु।’

सरकारले विगत ६ महिनामा गरेका कामहरु सकारात्मक रहेको दाबी गर्दै उनले भविष्यमा राम्रो प्रगति हासिल हुने अनुभूति गरेको बताए।

प्रकाशित मिति : १८ माघ २०८१ शुक्रबार ००:००  ६ : २२ बजे