७ फाल्गुन २०८१, बुधबार | Wed Feb 19 2025

मायादेवीकर्मी रायमाझी प्रेस चौतारी कपिलवस्तुको अध्यक्ष



मायादेवी अनलाइन, बाणगंगा ।
मायादेवी मिडिया ग्रुपका व्यवस्थापक बाबुराम रायमाझी प्रेस चौतारी नेपाल कपिलवस्तुको अध्यक्षमा चयन भएका छन् ।

बुधबार भएको ८ औं जिल्ला अधिवेशनबाट रायमाझी अध्यक्षमा चयन भएका हुन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले अधिवेशनको उद्घाटन गरेका थिए ।

यस्तै चौतारीको उपाध्यक्षमा कुलराज भुसाल चयन भएका छन् भने सचिवमा सन्जिव गहतराजले जिम्मेवारी पाएका छन् ।

सहसचिवमा अजय मिश्रा, रामअवतार चौतारी, कोषाध्यक्षमा रामु पौडेल चयन भएको जनाइएको छ । त्यस्तै कार्यसमितिको सदस्यहरूमा क्रमश लक्ष्मण सापकोटा, सुशील गैरे, घनश्याम भर, सागर बि.क., कृष्ण पौडेल र महिला सदस्यमा कोपिला पोख्रेल, बिस्नु भुसाल (बिपना) रहेका छन् ।

यसभन्दा अगाडी चौतारी कपिलवस्तुको नेतृत्व जानु पाण्डेले सम्हालेका थिए ।

प्रकाशित मिति : १७ माघ २०८१ बिहिबार ००:००  ९ : १९ बजे