कपिलवस्तु ।
कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर ३ फुलिकाले अध्यक्ष सँग विद्यार्थी कार्यक्रम अन्र्तगत वडाका १५ सय विद्यार्थीलाई स्विटर बितरण शुरु गरेको छ । कार्यक्रम अन्र्तगत मंगलबार वडाको जनता आधारभुत बिद्यालय फुलिकामा २ सय ५६ जना, मुनेश्वर मा.वि. मा २ सय ८४ जना र मदरसा रियाजुल उलुम अलसल्फिया बरसौलीमा २ सय ६२ जना विद्यार्थीलाई स्विटर बितरण गरिएको हो । वडा अध्यक्ष शैलेन्द्र कुमार यादव, वडा सदस्यहरु ईन्दु थारु, रामबृक्ष यादव, शिवकुमारी रैदास, वडा सचिव नन्दलाल कोहार, ओभरशियर शिवशंकर कुर्मी, समाजसेवी राजेन्द्र यादव, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रअ सहितको सहभागीतामा स्विटर बितरण गरिएको हो ।
वडाका कक्षा १ देखी ५ कक्षा सम्म अध्ययनरत सम्पुर्ण विद्यार्थीलाई जाडोमा न्यानोको लागि स्विटर बितरण गर्न थालिएको वडा अध्यक्ष शैलेन्द्र कुमार यादवले बताए । बिगतका वर्षमा विद्यार्थीका लागि बिभिन्न शैक्षिक सामाग्री बितरण गरिने गरिएकोमा यस वर्ष स्विटर बितरण गरिएको अध्यक्ष यादवले स्पष्ट पारे । वडाका बाँकी विद्यालय र मदरसाका गरि कुल १ हजार ५ सय विद्यार्थीलाई स्विटर बितरण गर्ने लक्ष्य लिईएको उनले जानकारी दिए ।
प्रतिक्रिया