५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025

नवलपरासीको त्रिवेणीधाममा श्रद्धालुको घुइँचो



काठमाण्डौ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को त्रिवेणीधाममा माघे औँसी स्नान गर्न हजारौं श्रद्धालुको घुइँचो लागेको छ ।

आज बिहान अरुणोदय अगावैदेखि त्रिवेणीधाममा श्रद्धालुहरूको चहलपहल बढेको हो । मेला भर्न नेपालका विभिन्न ठाउँ र भारतको विहार तथा उत्तर प्रदेशबाट भक्तजन आएका छन् ।

माघे औँसीका दिन नवलपरासी ( बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणीधाममा स्नान गरेर सूर्यको आराधना गरेमा चिताएका कुरा पूरा हुने तथा पितृहरूले मोक्ष प्राप्त गर्ने जनविश्वास छ ।

स्वर्ण भद्रा, पूर्णभद्रा र नारायणी नदीको सङ्गमस्थल त्रिवेणीका घाटहरू स्नानका लागि व्यवस्थित बनाइएको विनयी त्रिवेणी गाउँपालिका–६ का वडाध्यक्ष नुरेन्द्र शाहले बताउनुभयो । श्रद्धालुहरू गएराति जागा भएर आज स्नानपछि पूजाअर्चना गरेर गन्तव्यतर्फ लागेका छन् । रासस

प्रकाशित मिति : १६ माघ २०८१ बुधबार ००:००  १ : २९ बजे