कपिलवस्तु ।
कपिलवस्तुमा चरेस सहित एक महिला पक्राउ परेकी छन् । जिल्लाको कृष्णनगर नगरपालिका वडा नम्बर ३ ट्रान्समिटर नजिकैबाट एक किलो बढी चरेस सहित सरस्वती बिक पक्राउ परेकी हुन् ।
पैदल हिँडेर भारतको बढनी तर्फ जाँदै गरेको अवस्थामा भारतको उत्तर प्रदेश महादेव हिन्दुनगर पोस्ट देबरिया मुबारकपुर धरमनगर की ३० बर्षिया सरस्वती बिकलाई प्रहरीले पक्रेको हो ।
बोरामा प्लास्टिकको थैलीमा पोका पारेर लिएर गइरहेको अवस्थामा खानतलासी लिँदा १ किलो २५ ग्राम चरेस बरामद भएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुरज खत्रीले बताए । पक्राउ परेकी बिकलाई लागु औषध मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान जारी रहेको उनले बताए ।
प्रतिक्रिया