गुलाम अली, तौलिहवा ।
पुर्व राजा ज्ञानेन्द्र शाहले कपिलवस्तुको तौलिहवा स्थित प्रचिन ताम्रेश्वरनाथ (तौलेश्वरनाथ) महादेव मन्दिरमा पुर्जा अर्चना गरेका छन । मंगलबार टाईगर प्लालेसबाट भैरहवा हुदै तौलिहवा आएका पुर्व राजा शाहले दिउसो तौलेश्वरनाथ महादेव मंदिरमा पुजा अर्चना गरेका हुन ।
पुर्व राजा शाहले प्रशासन चौकबाट चौक बजार हुदै मन्दिरको पुर्वीद्धारबाट प्रवेश गरेर करिब आधा घण्टा पुजापाठ गरे । पुर्व राजा शाहलाई सदरमुकाममा झाँकी र पञ्चेबाजाले स्वागत गर्दै नागरिक अभिनन्दन गरिएको थियो ।
मन्दिर प्रवेशका क्रममा पुर्वराजा शाहलाई प्रचिन ताम्रेश्वरनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामकुमार गुप्ता सहितका व्यवस्थापन समितिका सदस्य, नागरिक समाजका अगुवा, ब्रह्मकुमारी र पञ्कन्याले स्वागत गरेका थिए ।
तस्बीरमा हेरौं पुर्वराजा शाह
प्रतिक्रिया