कपिलवस्तु ।
प्रेस चौतारी नेपाल जिल्ला शाखा कपिलवस्तुको ८ औं जिल्ला अधिवेशनको उद्घाटन नेपाल सरकारका भूमी, व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले गर्नुहुने भएकोछ । भोलि अर्थात माघ १६ गते हुने ८ औं जिल्ला अधिवेशन मन्त्री अधिरकारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको प्रेस चौतारी नेपाल जिल्ला शाखा कपिलवस्तुका अध्यक्ष जानु पाण्डेले जानकारी दिनुभएको छ ।
कपिलवस्तुको बाणगंगा ४ ठाकुरापुरको पन्जाबी तड्का रेष्टुरेण्टमा हुने अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जिल्ला शाखाका सचिव संजिव गहतराजले बताउनुभएको छ । कार्यक्रममा संघ, प्रदेशका सांसद, जनप्रतिनिधि, संगठनका केन्द्र तथा प्रदेशका पदाधिकारी, केन्द्रिय सदस्य लगायतको आतिथ्यता रहने तय भएको छ । अहिले अधिवेशनको समग्र तयारी तथा सदस्यता नवीकरणको काम भईरहेको छ ।
प्रतिक्रिया