१५ माघ २०८१, मंगलबार | Tue Jan 28 2025

विरपुरको शनिदेव मन्दिरमा माघ १७ गते निःशुल्क चिना हेरिने



मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर १ विरपुरमा रहेको शनिदेव मन्दिरमा निशुल्क चिना हेरिने भएको छ । माघ २१ गतेबाट सुरुहुने नवग्रह अनुष्ठान तथा ज्ञानयज्ञ अन्तरगत १७ गते निशुल्क चिना हेरिने कार्यक्रम रहेको मन्दिरका परिकल्पनाकार तथा योगाचार्य बाबा योगीराजले बताए ।

१७ गते चर्चित ८ जना ज्योतष आउने भएकाले निशुल्क रुपमा चिना हेराउन समेत उनले आग्रह गरे । माघ २१ गते महासंकल्प गरी विधिपूर्वक सुरु गरिने उनको भनाई छ ।

यज्ञमा ९ वटै ग्रहको ग्रह शान्ति गरिने भन्दै यसकालागि ११ हजार एक सय ११ रुपैया शुल्क तोकिएको छ ।
अनुष्ठानका लागि विहान र बेलुका २७ जना पण्डितद्धारा विधिपूर्वक जप एवम् हवन गरिनेछ ।

ज्ञानयज्ञमा १ क्विन्टल गाईको घ्यू बाट वैज्ञानिक तरिकाले हवन गरिने भएकाले भारतको गौशालाबाट घ्यू ल्याइने छ ।
ज्ञानयज्ञ माघ २१ गते बिहान ९ः४५ मा प्रारम्भ हुने छ भने १०ः ०५ मा झण्डा स्थापना गरिने छ । यसैगरी बिहान १०ः२४ मा सूर्य मन्दिर शिलन्यास गरिने कार्यक्रम रहेको छ ।

यसैगरी महासंकल्प तथा हवन कार्यक्रम १०ः ४० बाट सुरु हुनेछ । राति ८ बजेदेखि १० बजेसम्म भजनकृतन कार्यक्रम हुने आयोजकले जनाएको छ ।
यज्ञमा प्रत्येक दिन अन्तराष्ट्रिय कथा वाचक आचार्य श्री विष्णु प्रसाद ज्ञवालीज्यूको मुखारविन्दबाट श्रीमद्भागवत तथा कथा प्रवचन हुनेछ ।

प्रकाशित मिति : १४ माघ २०८१ सोमबार ००:००  ८ : ५१ बजे