१४ माघ २०८१, सोमबार | Mon Jan 27 2025

गुल्मीमा वार्षिक २ अर्ब बढीको मासु र दूधको कारोबार



गुल्मी ।
गुल्मी जिल्लामा दुई अर्ब बढीको मासु र दूधको कारोबार हुने गरेको पाइएको छ ।

दुग्ध र मासु व्यवसायीहरुले प्रस्तुत गरेको तथ्याङक अनुसार एक वर्षको अवधिमा २ अर्ब १८ करोड ३७ लाख ४० हजार बराबरको मासुको कारोबार हुने गरेको छ ।

दुई नगर र १० गाउँपालिकामा रहेका व्यवसायीहरुले १३ करोड, ८७ लाख ३६ हजार ५०० को दूधको मात्रै कारोबार हुने गरेको तथ्याङ प्रस्तुत गरेका छन् छन् ।

जिल्लामा दूध माछा मासु व्यावसायको वर्तमान अवस्था समस्या, चुनौती र समाधानका उपायहरुको बारेमा अगुवा व्यवसायीहरुसँग भएको छलफलमा यो तथ्यांक प्रस्तुत भएको हो ।

जिल्लामा दूध, माछा, मासु जन्य व्यवसायमा देखिएका समस्याहरुको बारेमा व्यवसायीहरुले विभिन्न खालका धारण राखेका थिए ।

व्यवसायीहरुले व्यवसाय दर्ता प्रक्रिया झन्झटिलो भएको, उपभोक्त कमी उत्पादन बढी भएको, मूल्य निर्धारण नगरिएको जस्ता समस्या राखेको दुग्द व्यवसायी रविलाल पन्थले बताए ।

उनले ठूलो परिमाणमा दूध भण्डारण गर्न गुणस्तरीय चिस्याल केन्द्रको अभाव भइरहेको जस्ता समस्याहरु राखेका थिए ।

दूध, माछा, मासु व्यवसायीहरुसँग विभिन्न खालका समस्या, चुनौती र समाधानका उपायहरुको बारेमा गरिएको यस कार्यक्रमले व्यावसाय सञ्चालनसँगै गुणस्तीयर बिक्री विरतण गर्नका लागि टेवा पुग्ने पन्थले बताए ।

जिल्लामा दूध, माछा, मासु व्यवसायीहरुलाई व्यवसाय दर्ता, सञ्चालनको बारेमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख हुमाकान्त पाण्डेले जानकारी गराएका थिए ।

व्यवसायीहरुसँग वर्तमान अवस्था समस्या, चुनौती र समाधानका उपायहरुको बारेमा जानकारी लिंदै कार्यालय प्रमुख पाण्डेले आगामी दिनमा समस्या समाधानको बारेमा कार्यालयको तर्फबाट सम्बन्धित कार्यक्रममा समावेश गर्ने बारेमा जानकारी गराए ।

जिल्लामा दूध, माछा, मासु व्यवसायीहरुसँग गुणस्तरीय वस्तु बिक्रीका लागि यस कार्यक्रमले महत्वपूण भूमिका खेल्ने पाण्डेले भनाइछ ।

यस कार्यक्रमले व्यवसायीहरूलाई एकअर्कासँग आफ्नो अनुभव, समस्याहरू र सम्भावित समाधानहरू साझेदारी गर्ने अवसर प्रदान गरेको व्यवसायीहरुको तर्क छ ।

कार्यक्रमले विभिन्न कृषि, पशुपालन, माछापालन र मासु उत्पादन व्यवसायीहरूको समस्यामा सुल्झाउन, बजारमा सुधार गर्न मद्दत गने अपेक्षा कार्यालयले लिएको छ ।

प्रकाशित मिति : १३ माघ २०८१ आइतबार ००:००  १० : १८ बजे