१४ माघ २०८१, सोमबार | Mon Jan 27 2025

वाणगंगामा सामुदायिक विद्यालयलाई सरसफाई सामग्री वितरण



चारनम्बर ।

कपिलवस्तुकाे वाणगंगा नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयलाई अाज सरसफाई सामग्री वितरण गरिएकाे छ । नेपाल राष्ट्रिय शिक्षक संगठन वाणगंगा नगर समितिको आयोजना, नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति कपिलवस्तुको समन्वय तथा कृषि विकास बैंक लुम्बिनी प्रदेश कार्यालय भैरहवाको सहयोगमा विद्यालयलाई सरसफाई सामग्री (डस्ट बिन) वितरण गरिएको हाे।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद विष्णु पन्थीले सरसफाई मानव सभ्यताको पहिलो सूचक भएको बताउनुभयो। उहाँले वाणगंगा नगरपालिकाभित्र सरसफाई सामग्री वितरण गर्नुले नगरको शैक्षिक र सामाजिक विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै जिल्लाका अन्य स्थानीय तहमा पनि यस्ता कार्यक्रमको विस्तार गर्ने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रमका विशिष्ट अतिथि वाणगंगा नगर प्रमुख चक्रपाणी अर्यालले नगरले सरसफाइमा िवशेष जाेड दिइरहेकाे बताउदै नेपाल सरकारको सरसफाइ स्वच्छता अभियानमा टेवा पुग्ने बताउनुभयो । त्यस्तैगरी विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले यस कार्यक्रमले नगरपालिकाको पूर्ण सरसफाई अभियानलाई टेवा पुर्‍याउने र नगरमा सरसफाईका लागि विविध कार्यक्रम तथा बजेट विनियोजन गरिएको जानकारी दिनुभयो।

कार्यक्रममा कृषि विकास बैंक भैरहवाका निमित्त निर्देशक पिताम्बर गौतमले बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत बाणगङ्गा नगरपालिका भित्रका सामुदायिक विद्यालयलाई २ सय ६३ ओटा डस्टविन वितरण गरिएको बताउनुभयाे ।

वाणगंगा नगर शिक्षा शाखा प्रमुख खिम बहादुर जिसी, सिद्धार्थ क्याम्पस संचालक समिति अध्यक्ष डम्मर शर्मा, संगठनका जिल्ला अध्यक्ष रमेश पन्थी लगाएतले विद्यालयको सरसफाई र विद्यार्थीमा फोहोर व्यवस्थापन गर्ने बानीको विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयाे ।

संगठनका वाणगंगा नगर समिति अध्यक्ष विष्णु कुमार थापाले संगठनले नगरको शैक्षिक विकास र शिक्षकहरूको पेशागत हकहितका लागि यस्ता रचनात्मक काम गर्दै आइरहेको र भविष्यमा पनि यस्ता सामाजिक गतिविधिहरूलाई प्राथमिकतामा राख्ने बताउनुभयो। साथै, सहयोगी संस्था कृषि विकास बैंकलाई धन्यवाद दिँदै शैक्षिक तथा सामाजिक कार्यमा थप सहकार्यको अपेक्षा व्यक्त गर्नुभयो।

नगर समितिका उपाध्यक्ष सरस्वती गौतमले स्वागत मन्तव्य दिनुभएको थियो भने कार्यक्रम सञ्चालन नगर समितिका सचिव देवेन्द्र थापाले गर्नुभएको थियो। कार्यक्रमले विद्यालयको वातावरण स्वच्छ राख्ने र विद्यार्थीमा अनुशासित बानीको विकास गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १२ माघ २०८१ शनिबार ००:००  ९ : ३८ बजे