कपिलवस्तु ।
कपिलवस्तुमा जबरजस्ती करणी मुद्धाका फरार प्रतिबादी पक्राउ परेका छन् ।
जबरजस्तीकरणी मुद्दामा अदालतबाट सजाय तोक पछि लामो समय देखि फरार रहदै आएका शुद्धोधन गाँउपालिका वडा नं.२ मदरगढ बस्ने सोलिन्दर अहिर पक्राउ परेका छन्।
बलत्कार पछि फरार रहदै आएका उनलाई ईलाका प्रहरी कार्यालयको टोलीले शुद्धोधन गाँउपालिका वडा नं.६ बिमिहाँबाट पक्राउ गरेको हो । जबरजस्तीकरणी मुद्दामा अहिरलाई ६ बर्ष १ महिना १२ दिनको सजाय तोकिएको छ ।
ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल क्षेत्रीले विभिन्न कसुरमा अदालतबाट सजाय ताके पनि फरार रहदै आएका प्रतिबादीहरुलाई आफुहरुले पक्राउ गर्ने अभियन नै चलाएको बताए ।
उनले अन्य प्रतिबादीलाई समते पक्राउ गर्ने बिशेष टोली नै खटाइएको उनले बताए । अहिरलाई कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।
प्रतिक्रिया