काठमाण्डौ ।
प्रधानमन्त्रीकप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई ५९ रनले हराएको छ । एपीएफले दिएको एक सय २६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित १८ ओभरको खेलमा छ विकेट गुमाएर ६७ रन मात्र बनायो ।
सुदूरपश्चिमका लागि कबिता कुँवरले सबैभन्दा धेरै २९ रन बनाइन् । एपीएफकी इन्दु बर्मा र कबिता जोशीले समान दुई विकेट लिए । यस्तै सबनम राईले एक विकेट लिइन् ।
त्यसअघि धनगढीको फाप्ला मैदानमा खराब मौसमका कारण १८ ओभरमा छोट्याइएको खेलमा एपीएफले २ विकेट गुमाएर १ सय २६ रन बनायो । एपीएफका लागि इन्दु बर्माले ५८, ममता चौधरीले ३६ र कविता जोशीले १३ बनाए । सुदूरपश्चिमकी जानकी थापाले एक विकेट लिइन ।
आजको खेल हारे पनि सुदूरपश्चिम समूहको उपविजेता बन्दै सुपर चारमा पुगेको छ । यस्तै प्रतियोगितामा अहिले कर्णाली प्रदेश र लुम्बिनी प्रदेशबीच खेल भइरहेको छ ।
प्रतिक्रिया