काठमाडौँ ।
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
यतिबेला शुक्रबार बिहान कोसी, बागमती र मधेस प्रदेशसहित देशका पहाडी भूभागको मौसम आंशिक बदली छ। तराईका केही भूभागमा अहिले हुस्सु र कुहिरो लागेको छ। यस्तै कपिलवस्तुमा पनि बिहानै देखि हुस्सु र कुहिरो लागेको छ । कुहिरोका कारण यहाँको जनजीवन प्रभावित बनेको छ ।
देशका बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।
महाशाखाले आगामी २४ घण्टाका लागि जारी गरेको चेतावनी तथा परामर्शमा भनिएको छ, ‘बिहानको समयमा देशका तराई तथा उपत्यका क्षेत्रका केही स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।’
प्रतिक्रिया