१ माघ २०८१, मंगलबार | Tue Jan 14 2025

सिद्धार्थ बचत तथा ऋण सहकारीको नयाँ कार्यसमितिद्धारा पदभार ग्रहण



कपिलवस्तु ।

कपिलवस्तुको बाणगंगा ४ स्थित सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा निर्बाचित नयाँ कार्यसमितिले शपथ तथा पदभार ग्रहण गरेको छ । सहकारीको २६ औं बार्षिक साधारण सभाबाट देवकला सुवेदीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । समितिको उपाध्यक्षमा गीता भुसाल, सचिवमा शोभा पौडेल, सह–सचिवमा ईशा जिसी, कोषाध्यक्षमा हरि अधिकारी सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ ।

त्यसैगरि सदस्यहरुमा ईन्द्रलाल पौडेल, शान्ता थारु, अम्बिका विक, टिमाया बिक, तुल्सीराम चौधरी, बिष्णु ढुंगाना रहनुभएको छ भने लेखा समितिको संयोजकमा तिलोचन घिमिरे, सदस्यहरुमा अमर बस्नेत र पबित्रा बिष्ट चुंदाली चयन हुुनुभएको निर्वाचन मण्डल संयोजक सहकारीका संस्थापक अध्यक्ष टिकाराम पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेश सहकारी संघका लेखा तथा सुपरिबेक्षण समितिका संयोजक तेज प्रसाद आचार्य, लुम्बिनी बचत संघ संचालक सदस्य तथा सहकारी पूर्व अध्यक्ष सुर्य कुमारी शाहिले नवनिर्वाचित समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो । कार्यक्रम सहकारीका ब्यबस्थापक हरिलाल शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । नगरकै जेठो सिद्धार्थ सहकारीको ५ हजार बढी सदस्य छन् ।

प्रकाशित मिति : २९ पुस २०८१ सोमबार ००:००  ९ : २६ बजे