२९ पुस २०८१, सोमबार | Mon Jan 13 2025

कैलालीमा अफ्रिकन स्वाइन फिभरबाट ३८ बंगुर मरे



धनगढी ।
कैलालीमा अफ्रिकन स्वाइन फिभर रोगबाट बंगुर मर्न थालेका छन् । घोडाघोडी नगरपालिका-९ रतिपुरका प्रदेश चौधरीले पालेका ३८ बंगुर अफ्रिकन स्वाइन फिभर रोग लागेर मरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले चौधरीले पालेका ३२ पाठापाठी, ५ माउ र एक भाले बंगुरको मरेको बताए ।

१५ पुसदेखि बंगुरको मर्न थालेकोमा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीमा नमूना परीक्षण गर्ने क्रममा बंगुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको डीएसपी बोहराले बताए ।

प्रकाशित मिति : २९ पुस २०८१ सोमबार ००:००  १० : ०७ बजे