२८ पुस २०८१, आइतबार | Sun Jan 12 2025

विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार र इजिप्टलाई नेपालकाे आग्रह



काठमाण्डौ ।

कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन नेपाल सरकारले कतार र इजिप्ट सरकारसँग फेरि आग्रह गरेको छ ।

नेपालका लागि इजिप्ट र कतारका राजदूतमार्फत दुवै देशसँग विपिनको रिहाइका लागि विशेष पहल गरिदिन सरकारले आग्रह गरेको हो । ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपिन १५ महिनादेखि हमास लडाकु समूहको कब्जामा रहेका ठानिएको छ ।

हमास समूहले आफ्नो नियन्त्रणमा रहेकामध्ये ३४ जनालाई मुक्त गर्न लागेको समाचार आएपछि परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले हमाससँग मध्यस्थता गरिरहेको कतार र इजिप्ट सरकारलाई विपिनको रिहाइमा सहयोग गरिदिन आग्रह गर्नुभएको हो ।

प्रकाशित मिति : २६ पुस २०८१ शुक्रबार ००:००  ९ : ४७ बजे