२८ पुस २०८१, आइतबार | Sun Jan 12 2025

श्री विनायक बचत तथा ऋण सहकारीको अध्यक्षमा न्यौपाने



बाणगंगा ।

श्री विनायक बचत तथा ऋण सहकारी संस्था लिमिटिेडको अध्यक्षमा बिष्णु प्रसाद न्यौपाने चयन भएका छन् । शुक्रबार भएको ११ औं वार्षिक साधारणबाट न्यौपाने अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

यस्तै उपाध्यक्षमा बेदराज नेपाली, उमा खनाल भुसाल, सचिवमा मोहन प्रसाद अधिकारी, कोषाध्यक्षमा राजेन्द्र अर्याल, सह–सचिवमा शुसिला पोख्रेल चयन भएका छन् भने कार्यसमिति सदस्यहरुमा पिताम्बर न्यौपाने, बुद्धि सागर बेल्बासे, दयाराम भुसाल, गणेश कुमार न्यौपाने, भुवनेश्वोर न्यौपाने, हुम बहादुर बेल्बासे, रामलाल खनाल चयन भएका छन् ।

साधारण सभाबाट लेखा समिति संयोजकमा नेत्र प्रसाद पौडेल चयन भएका छन् । जसको सदस्यहरुमा हुमनाथ न्यौपाने र कृष्ण प्रसाद भट्टराई छन् ।

सर्वसम्मत चयन भएका अध्यक्ष न्यौपानेले सहकारीलाई थप सुदृढ बनाउन काम गर्ने बताए । उनले श्री विनायक बचत तथा ऋण सहकारीलाई उदाहरणीय सहकारीका रुपमा स्थापित गर्ने प्रतिवद्धता जनाए ।

आर्थिक पारदर्शीता कायम गर्दै यस सहकारीलाई विश्वसनीय बनाउने उनको भनाई छ ।

प्रकाशित मिति : २६ पुस २०८१ शुक्रबार ००:००  ९ : ४५ बजे