२६ पुस २०८१, शुक्रबार | Fri Jan 10 2025

पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला आजको मौसम ?



काठमाडौँ ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही भूभागहरूमा हुस्सु तथा कुहिरो लागेको अवस्था छ ।

कोशी प्रदेश– दिउँसो हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । राति हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ ।

मधेस प्रदेश– दिउँसो तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । राति तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ ।

बागमती प्रदेश– दिउँसो सबै क्षेत्रमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ । राति हिमाली, पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ ।

गण्डकी प्रदेश– दिउँसो हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । राति हिमाली, पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ ।

लुम्बिनी प्रदेश– दिउँसो पहाडी र तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । राति पहाडी र तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

कर्णाली प्रदेश– दिउँसो हिमाली र पहाडी क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । राति पनि हिमाली र पहाडी क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेश– दिउँसो हिमाली पहाडी र तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । राति पनि मौसम मुख्यतया सफा रहने पूर्वानुमान रहेको छ ।

बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २६ पुस २०८१ शुक्रबार ००:००  ७ : ४२ बजे