दाङ ।
प्रहरीले दाङबाट लागूऔषध चरेससहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा प्यूठान स्वर्गद्धारी नगरपालिका-२ बस्ने वर्ष ३९ को निमबहादुर आले, नौबहिनी गाउँपालिका-२ बस्ने वर्ष २१ की देउकली बुढामगर र रोल्पा त्रिवेणी गाउँपालिका-७ बस्ने वर्ष २९ को प्रकाश घर्ती मगर छ्न् ।
उनीहरूको साथबाट २४ किलो ७१० ग्राम चरेस बरामद भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता, प्रहरी नायव उपरीक्षक ईश्वर थापाले जानकारी दिए ।
दाङ घोराही उप-महानगरपालिका वडा नं. १३ सिर्जनशील टोलस्थित उनीहरुको डेराबाट चरेस बरामद गरिएको प्रहरीले बताएको छ ।
गोप्य सूचनाको आधारमा पिछा गर्दै जाँदा बुधबार उनीहरुलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया