मायादेवी अनलाइन, जितपुर ।
कपिलवस्तुमा लागू औषध मुद्दाका फरार प्रतिवादी २५ बर्ष पछि पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय गणेशपुरले बिजयनगर गाँउपालिका १ निवासी ५१ वर्षिय कृष्ण बहादुर चौधरीलाई पक्राउ गरेको हो ।
चौधरीलाई जिल्ला अदालत तौलिहवाले २०५६।१२।२८ गते लागू औषध (ब्राउन सुगर) सम्वन्धी मुद्दामा ३ वर्ष कैद र २५ हजार जरिवाना तोकेको थियो । अदालतको फैसलासंगै चौधरी फरार थिए । चौधरीलाई पौष २१ गते प्रहरीले आफ्नै घरबाट पक्राउ गरेको जनाएको छ ।
उनलाई पौष २२ गते अदालतमा उपस्थित गराईएकोमा अदालतको कैदीपूर्जी साथ उल्लेखित कैद भुक्तानको लागि कारागार कार्यालय तौलिहवा चलान गरिएको छ ।
प्रतिक्रिया