२४ पुस २०८१, बुधबार | Wed Jan 8 2025

पार्टी छाडेकाहरूलाई फर्किन एमालेको आग्रह



काठमाण्डौ ।

नेकपा एमालेले पार्टी छाडेकाहरूलाई पार्टीमा फर्कन आग्रह गरेको छ । अस्ति आइतवारदेखि शुरू भएर आज सकिएको एमालेको केन्द्रीय समितिको बैठकले यस्तो आग्रह गरेको हो ।

एमाले विभाजन भएपछि लामो समयसम्म पार्टी र अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट पार्टी छाडेकाहरूलाई फर्केर आउन आग्रहसमेत भएको थिएन । तर यस पटक भने केन्द्रीय समितिको बैठकले नै देशमा समृद्धि ल्याउने शक्ति एमाले मात्रै भएको भन्दै पार्टी विभाजनलगायत कारणले पार्टीबाहिर रहेका र स्वतन्त्र ढङ्गले क्रियाशील रहेकाहरूलाई एमालेमा फर्केर सक्रिय हुन आह्वान गरेको छ ।

एमालेको बैठकमा खिमलाल देवकोटा, ठाकुर गैरे, कृष्णगोपाल श्रेष्ठ, रचना खड्कालगायतका नेताहरूले पार्टीमा फरक मत राखेकै आधारमा नेतारकार्यकर्तालाई कारबाही गर्ने नहुने बताएका छन् । तर अध्यक्ष ओलीले भने स्वतन्त्रताका नाममा पार्टीलाई बद्नाम गराएर कमजोर बनाउने कुरा सह्य नभएको जवाफ दिनुभएको छ ।

प्रकाशित मिति : २३ पुस २०८१ मंगलबार ००:००  ७ : ४८ बजे