अर्घाखाँची ।
अर्घाखाँचीको सन्धिखर्कमा अर्घाखाँची महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला लाग्ने भएको छ ।
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने तथा जिल्लाका पर्यटकीय क्षेत्रलाई टेवा पुर्याउने उद्देश्यसहित महोत्सवको आयोजना गर्न लागिएको अर्घाखाँची उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रदिप मिश्रले बताउनुभयो ।
अर्घाखाँची उद्योग वाणिज्य सङ्घको आयोजनामा सन्धिखर्कको कुँडुले फाँटमा यही पुस २९ गतेदेखि माघ १२ गतेसम्म महोत्सव हुनेछ ।
महोत्सवमा कृषि र स्थानीय उत्पादन तथा साना उद्योगबाट उत्पादन भएका आयआर्जन हुने वस्तुको लागि निःशुल्क स्टलको ब्यवस्था मिलाइएको अध्यक्ष मिश्रले जानकारी दिनुभयो ।
प्रतिक्रिया