२४ पुस २०८१, बुधबार | Wed Jan 8 2025

सातदोबाटोको कल सेन्टरमा सीआईबीको छापा, ५३ जना पक्राउ



काठमाडौं ।

ललितपुरको सातदोबाटोस्थित एक अवैध कल सेन्टरबाट ५३ जना पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०को टोलीले सोमबार राति छापा हानेर उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमध्ये दुई जना भारतीय नागरिक रहेको र अरु नेपाली नै रहेको सीआईबीका प्रमुख, प्रहरी नायब महानिरीक्षक ९डीआईजी० दिपक थापाले जानकारी दिए ।

उनीहरुको साथबाट ८५ वटा ल्याप्टपका साथै ८२ वटा मोबाइल बरामद भएको थापाले बताए । पक्राउ परेका व्यक्तिहरुले सातदोबाटोमा कल सेन्टर चलाएर अनलाइन जुवा लगायत अवैध गतिविधि गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उनीहरुलाई आज म्याद थप गरी थप अनुसन्धान गरिने सीआईबीले जनाएको छ ।

प्रकाशित मिति : २३ पुस २०८१ मंगलबार ००:००  ९ : ०५ बजे