२४ पुस २०८१, बुधबार | Wed Jan 8 2025

चीनको तिब्बतमा ७ म्याग्निच्युडको भूकम्पः नेपालमा पनि धक्का महसुस



काठमाण्डौ ।

आज बिहान चीनको तिब्बतमा ७ म्याग्निच्युडको ठूलो भूकम्प गएको छ । भूकम्पको केन्द्रबिन्दु नेपाल–चीन सिमाना तिब्बतको दिङ्गे काउन्टीमा रहेको पुष्टि भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको हो । यो भूकम्पको धक्का नेपालमा पनि महसुस गरिएको छ । तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का महसुस गरिएको छ । भूकम्पको धक्का महसुस भएपछि नागरिक घरबाहिर निस्किएका छन् ।

केन्द्रका वरिष्ठ भूकम्पविद् डा।लोकविजय अधिकारीका अनुसार भूकम्पले पुराना तथा कमजोर संरचनामा क्षति पुर्‍याउन सक्छ । उत्तरी क्षेत्रमा क्षति भएको हुन सक्ने अनुमान गरिएको छ ।

भूकम्पको परकम्प आउन सक्ने सम्भावना भएकाले सतर्क रहन आग्रह गरिएको छ ।

प्रकाशित मिति : २३ पुस २०८१ मंगलबार ००:००  ८ : ४९ बजे