२२ पुस २०८१, सोमबार | Mon Jan 6 2025

आँधीखोलामा नदीकटान नियन्त्रण गर्न तटबन्ध निर्माण शुरु



स्याङ्जा ।

आँधीखोलामा नदीकटान नियन्त्रण गर्न तटबन्ध निर्माण शुरु भएको छ । गण्डकी प्रदेश ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको अनुदानमा सञ्चालित योजनामार्फत चार किलोमिटर तटबन्ध निर्माण प्रारम्भ भएको हो ।

आँधीखोला गाउँपालिका, पुतलीबजार, भिरकोट र वालिङ नगरपालिका भएर बग्ने आँधीखोलामा तटबन्धनको काम शुरु भएको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका प्रमुख किरण आचार्यले बताउनुभयो । धेरै कटान भएका स्थानमा तटबन्धन शुरु भएको हो ।

सिँचाइ डिभिजन कार्यालय र पालिकासँगको सहकार्य र लागत साझेदारीमा तटबन्धन गरिएको जानकारी उहाँले दिनुभयो । आठ करोड रुपैयाँको लागतमा थालिएको निर्माण २०८३ सालको वैशाखमा सम्पन्न गर्ने लक्ष्य छ । रासस

प्रकाशित मिति : २० पुस २०८१ शनिबार ००:००  ३ : २९ बजे