२२ पुस २०८१, सोमबार | Mon Jan 6 2025

बाणगंगा कार्यपालिका बैठक, १६औँ नगर सभाको तयारी



बाणगंगा ।
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाको कार्यपालिका बैठक आज सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा सम्पन्न बैठकले पौष २५ गते हुने नगरपालिकाको १६औँ नगर सभाको कार्य तालिका पारित गरेको नगरपालिकाका प्रवक्ता बिष्णु पौडेलले जानकारी दिए ।
साथै कार्यपालिकामा पेश भएको पञ्चवर्षिय शिक्षा विकास योजनालाई पारित गर्न नगरसभामा पेश गर्ने समेत निर्णय भएको प्रवक्ता पौडेलले जानकारी दिए ।
साथै ५० प्रतिशत जनसहभागिता हुने गरी ३ करोड ५ लाख र ३० प्रतिशत जनसहभागीता हुने गरी १ करोड ३५ लाख बजेट पुर्वाधार बिकासका लागी थप गर्ने निर्णय भएको पौडेलले जानकारी दिए ।

यसरी ५०।५० योजना र ७०।३० गरी कुल ४ करोड ४० लाख बजेट पुर्वाधार बिकासका लागी बिनियोजन गरिएको छ ।
बैठकमा नगरपालिकाका प्रमुख चक्रपाणी अर्यालले नगरको बिकासमा सबैले हातेमालो गर्न आवश्यक रहेको बताउदै बिकासमा जनसहभागिता बढोस भन्ने उद्देश्यले ४ करोड बढि रकम नगरबाट पुर्वाधारका लागी बिनियोजन गरीएको जानकारी दिए ।

बैठकमा नगर उपप्रमुख रिता कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनि लगायतले भावी योजना, विकास तथा रणनिति बारे आफनो भनाई राखेका थिए । बैठकमा वडाअध्यक्षहरु, कार्यपालिका सदस्य तथा शाखा प्रमुखको सहभागिता थियो।

प्रकाशित मिति : १९ पुस २०८१ शुक्रबार ००:००  ८ : ४७ बजे