२२ पुस २०८१, सोमबार | Mon Jan 6 2025

कपिलवस्तु हाट बजार व्यवसायी समितिको अध्यक्षमा बेल्वासे निर्वाचित



बैरिया ।
कपिलवस्तु हाट बजार व्यवसायी समितिको २० औं वार्षिक साधारण सभा तथा १० अधिवेशनबाट यमलाल बेल्वासे अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
वाणगंगा १ बैरिया स्थित समितिको कार्यालयमा आज सम्पन्न अधिवेशनले ३ वर्षका लागि यमलाल बेल्वासेको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । जसको बरिष्ठ उपाध्यक्षमा गोविन्द पोख्रेल, उपाध्यक्षहरुमा मधु केसी, रत्ना कार्की र देवु प्रसाद बेल्वासे, सचिवमा गणेश न्यौपाने, कोषाध्यक्षमा अब्दुल अजिज सिद्धिकी, सह सचिवमा हुम बहादुर बेल्वासे, सरिता केसी रहेका छन् । समितिकै सदस्यहरुमा खड्क बहादुर ठकुरी, आयुषा श्रेष्ठ, विनोद कुमार गुप्ता, कृष्ण बहादुर बिष्ट, मफुज आलम, गुन बहादुर नेपाली, दुर्गा पौडेल, कमला खत्री, पिरुलता मुसलमान, सिता नेपाली, शैलेन्द्र लोध, केशब खरेल, कमला नेपाली र सन्तोषी थारु रहेका छन् ।
निवर्तमान अध्यक्ष पवित्रा सोमै मगरले नव निर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिदै कपिलवस्तु हाट बजार व्यवसायी समितिलाई अझ व्यवस्थित गरेर लैजानुका साथै छरिएर रहेका साना व्यवसायीको हकहितमा काम गर्न सुझाव दिनुभयो । त्यस्तै कपिलवस्तु हाट बजार व्यवसायी समितिका संस्थापक अध्यक्ष मुक्तिराम कडेलले संस्था स्थापना गर्दा धेरै कठिनाई र चुनौती व्यहोरेको भएपनि हाल आएर बर्तमान समितिले सवै व्यवसायीलाई समेटर उत्कृष्ट काम गरेकोमा प्रशंसा गर्नुभयो ।

प्रकाशित मिति : १९ पुस २०८१ शुक्रबार ००:००  ८ : २० बजे