२० पुस २०८१, शनिबार | Sat Jan 4 2025

बन्दीपुर भ्रमण वर्ष शुभारम्भ



तनहुँ ।

तनहुँको ऐतिहासिक पर्यटकीय नगरी बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित ‘बन्दीपुर भ्रमण वर्ष २०२५’ को शुभारम्भ भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आज बन्दीपुर भ्रमण वर्षको शुभारम्भ गर्नुभएको हो ।

बन्दीपुरमा अहिले वार्षिक एक लाख पर्यटक आउने गरेकामा त्यसलाई दोब्बर बनाउँदै यहाँको पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित भ्रमण वर्ष आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो ।

भ्रमण वर्षका क्रममा बन्दीपुर–छिम्केश्वरी–मनकामना–गोरखा मन्दिर–लिगलिगकोट–भानु जन्मस्थल हुँदै पुनः बन्दीपुर आउने दुई दिनको प्याकेज बनाइएको छ । भ्रमण वर्षका संयोजक एवम् पर्यटन व्यवसायी वैश गुरुङले बास बसेर खर्च गर्न सक्ने पर्यटक भित्र्याउने लक्ष्य लिइएको जानकारी दिनुभयो ।

भ्रमण वर्षका अवसरमा एक वर्षमा २४ सांस्कृतिक कार्यक्रम, साहित्यिक सम्मेलन, साहसिक पर्यटकीय गतिविधि सञ्चालन गरिने उहाँको भनाइ थियो । रासस

प्रकाशित मिति : १७ पुस २०८१ बुधबार ००:००  ९ : ११ बजे