२० पुस २०८१, शनिबार | Sat Jan 4 2025

कपिलवस्तुमा जबरजस्तीकरणी मुद्दाका फरार प्रतिवादी ५ वर्षपछि कारागार चलान



मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तुमा जबरजस्तीकरणी मुद्दाका फरार प्रतिवादी ५ वर्षपछि पक्राउ परेका छन् । कपिलवस्तु जिल्ला दालतबाट २०७५ चैत्र १५ गते कैद जरिवाना तोकिएका वाणगंगा नगरपालिका ४ निवासी बिकास मल्ललाई प्रहरीले पक्राउ गरेको हो । मल्ल माथि जबरजस्ती करणी र डाँका सम्बन्धी मुद्दामा ११ वर्ष कैद र जरिवाना त तोकिएको थियो । अदालतको फैसलासंगै फरार रहेका उनलाई पौष १६ गते वडा नम्बर ४ बाछ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
मल्ललाई पौस १७ गते मंगलबार अदालत उपस्थित गराईएकोमा अदालतको कैदीपूर्जी साथ कैद भुक्तानको लागि कारागार कार्यालय तौलिहवा कपिलवस्तु चलान गरिएको छ ।

प्रकाशित मिति : १७ पुस २०८१ बुधबार ००:००  ९ : ०६ बजे