एजेन्सी ।
इथियोपियामा एउटा ट्रक नदीमा खस्दा ७१ जनाको ज्यान गएको छ । दक्षिणी इथियोपियाको सिदामा क्षेत्रमा यात्रुहरूले भरिएको ट्रक नदीमा खस्दा ७१ जनाको ज्यान गएको क्षेत्रीय प्रहरी आयोगलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।
ज्यान गुमाउनेमा ६८ जना पुरुष र तीन जना महिला रहेका छन् । दुर्घटनामा बाँचेकाहरूको नजिकैको अस्पतालमा उपचार भइरहेको छ ।
इथियोपिया विश्वमा सबैभन्दा धेरै गाडी दुर्घटना हुने देशको १९औं नम्बरमा छ । इथियोपियामा वर्षेनि झन्डै ३२ हजार जनाले गाडी दुर्घटनामा ज्यान गुमाउने गरेका छन् । प्रति एक लाख जनसंख्यामा ४२ जना गाडी दुर्घटनामा पर्ने गरेका खबरमा उल्लेख छ ।
खराब सडक, लापर्बाहीपूर्ण ड्राइभिङ, चालक अनुमतिपत्र जारी गर्ने त्रुटिपूर्ण प्रणाली र सुरक्षा नियमहरूको कमजोर कार्यान्वयनका कारण ठूला दुर्घटनाहरू बढिरहेका छन् ।
प्रतिक्रिया