१४ माघ २०८१, सोमबार | Mon Jan 27 2025

५ महिनामा साढे ४१ करोडको अम्रिसो निर्यात



काठमाडौँ ।
नेपालबाट अम्रिसो निर्यात हुँदा साढे ४१ करोड रुपैयाँ भित्रिएको छ । यो २०८१ साउनदेखि मङ्सिर मसान्तसम्मको भन्सार विभागको तथ्यांक हो ।

भन्सार विभागका अनुसार ४१ करोड ५२ लाख ७३ हजार रुपैयाँको ५४ लाख ९० हजार १७० किलो अम्रिसो निर्यात भएको छ ।

उक्त परिमाणको अम्रिसो भारतमा निर्यात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

प्रकाशित मिति : १४ पुस २०८१ आइतबार ००:००  ५ : ११ बजे