मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रोम बहादुर थापाले आफुले शिक्षालाई विशेष प्राथामिकता दिएर काम गरेको बताएका छन् । भौतिक विकासपनि महत्वपूर्ण हो तर जबसम्म मानिस शिक्षित तथा सचेत हुदैनन् तबसम्म भौतिक विकासले मात्र समाज परिवर्तन हुदैन ।
शिक्षाले नै चेतनाको विकास गर्ने भएकाले समाजलाई शिक्षित बनाउनुपर्नेमा जोड दिए । मायादेवी अनलाइन संगको कुराकानीमा बोल्दै थापाले वडा नम्बर ५ मा आफु निर्वाचित भएर आएपछि शिक्षा क्षेत्रमा धेरै काम गरेको भन्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए । ‘म आएपछि यहाँका विद्यालयका संरचना साथै शिक्षाको गुणस्तरका लागि धेरै काम भएका छन् उनले मायादेवीसंग भने ।’ पहिले केहि विद्यालयमा प्रधानध्यापक बस्ने सम्मको एउटा कुर्ची थिएन संरचनाको त कुरै नगरौ पहिले भन्दा धेरै सुधार भएको छ ।
वडा नम्बर ५ मा सामुदायिक र मदरसा गरि ८ वटा विद्यालय रहेका छन् । यी विद्यालयको स्तर उन्नती साथै गुणस्तरको लागि विभिन्न योजना बनाएर काम गरिरहेको छु । शिक्षाबाट कोहि पनि बन्चित नहोस भन्नका लागि घरदैलोमै गएर पूर्ण भर्ना अभियान कार्यक्रम संचालन गरेको भन्दै जनताको घरघरमै गएर सचेतना जगाउने काम गरेको दाबी गरे । कुनैपनि घरपरिवारले आफ्ना छोराछोरीलाई विद्यालय नपठाएमा त्यस्तो परिवारलाई वडा बाट दिइने सेवासुविधाबाट बन्चित गरिने बताए ।
वडानम्बर ५ ले सामाजिक विकास योजना अन्तरगतका कार्यक्रममा पनि बाल विकास शैक्षिक कार्यक्रम, खेलकुद, शैक्षिक अवलोकन लगाएतलाई जोड दिएको छ । यसैगरी राष्ट्रिय मावि चौरीमा संघिय अनुदान र नगरपालिकाबाट गरी कुल ८० लाख लागतमा विद्यालय भवन निर्माण हँदैछ ।
भवन निर्माणको लागि टेण्डर प्रकृयामा गएको अध्यक्ष थापाले बताए । सोही विद्यालयमै बाउण्डरी निर्माणका लागि ५ लाख विनियोजन गरिएको छ । यस्तै वडाका अन्य विद्यालयमा पनि भौतिक संरचना निर्माणको काम गरेको बताए । शिक्षालाई अगाडी लैजान सकेमा समाज आफै परिवर्तन हुने उनको भनाई छ ।
यसका लागि आफुहरुसंगै हातेमालो गर्न अभिभावक, जनप्रतिनिधी, शिक्षक, बुद्धीजिवी सबैलाई आग्रह समेत गरेका छन् । ‘दक्षिणी क्षेत्रमा पढ्नुपर्छ भन्ने भाव एकदमै न्यून रहेको उनको अनुभव छ । म उहाहरुको घरमा जादापनि पढेर के हुन्छ ? छोरा मान्छे आखिर जाने विदेशनै हो छोरी विवाह गरेर पढाइको के काम जस्ता कुराहरु गर्नुहुन्छ म उहाँहरुलाई सम्झाईबुझाई गर्छु अझैपनि शिक्षालाई हेर्ने दृष्टीकोण संकुचीत छ यसलाई हामीले नै परिवर्तन गर्नु पर्छ उनले भने ।’
प्रतिक्रिया