वाणगंगा ।
कश्यप गोत्रिय अधिकारी बंश प्रतिष्ठान कपिलवस्तुको चौथो अधिवेशन बुधबार सम्पन्न भएको छ । कपिलवस्तुको बुद्धभूमि २ गोरुसिंगेमा सम्पन्न साधारण सभा तथा चौंथो अधिवेशनले दुर्गा प्रसाद अधिकारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा मणि अधिकारी, अञ्जु अधिकारी, सचिवमा बिजय अधिकारी, सहसचिव हरि अधिकारी, कोषाध्यक्ष हिमाकान्त अधिकारी, सदस्यहरुमा पुनाराम अधिकारी, होमनाथ अधिकारी, दुर्गा अधिकारी, राम प्रसाद अधिकारी, कृष्ण अधिकारी, विष्णु अधिकारी र हरि अधिकारी (गोरुसिंगे) रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि कपिलवस्तुका जिल्ला न्यायधिश रोमनाथ अधिकारीले सामाजिक सद्भाव र एकता कायम गरी सामाजिक विकासका कार्यमा अग्रसर हुन आग्रह गर्नुभयो । सोही अवसरमा विशिष्ट अतिथी शिवराज नगरपालिकाका निवर्तमान नगर प्रमुख नेत्रराज अधिकारी, शितगंगाका निवर्तमान नगर प्रमुख तथा प्रतिष्ठानका पूर्व जिल्ला अध्यक्ष सूर्यप्रसाद अधिकारी, अर्घाखाँची जिल्ला अध्यक्ष तिलकमणि अधिकारी, पूर्व केन्द्रीय सदस्य रेश्मीराज अधिकारी लगाएतले नयाँ कार्यसमितिले प्रतिष्ठानको हितमा सदैव काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
जिल्ला अध्यक्ष टुकप्रसाद अधिकारीको अध्यक्षता तथा सचिव दुर्गाप्रसाद अधिकारीको संचालनमा सम्पन्न कार्यक्रममा रामप्रसाद अधिकारीले स्वागत गर्नुभएको थियो ।
प्रतिक्रिया