११ पुस २०८१, बिहिबार | Thu Dec 26 2024

बाल बिवाह र बाल श्रम विरुद्ध जनचेतना कार्यक्रम



यशोधरा ।
कपिलवस्तु यशोधरा १ तिर्तिखिमा बाल बिवाह र बालश्रम सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । वडा अध्यक्ष अब्दुल क्यूम मुसलमानको अध्यक्षतामा भएको कार्यक्रममा सचेतना रयाली तथा कोण सभा सम्पन्न भएको छ । बाल बिवाह र बालबालिकालाई काममा लगाई श्रम शोषणको समस्यालाई न्यूनिकरण गर्ने उद्धेश्यले यशोधरा गाउँपालिका वडा न. १ को आयोजना र दलित सामाजिक बिकास केन्द्रको समन्वयमा तिर्तिखी, रजवापुर, पकडी, लगायतको गाँउमा सचेतना फैलाइएको थियो ।
२०७५ सालमा वडा बाल बिवाह मुक्त घोषणा भएपनि हालमा वाल विवाह कायमै थियो । कार्यक्रममा सडक नाटक गाउँ समुदायमा प्रर्दशन गरिएको थियो। ५ वटा बिद्यालय, २ मदरसा, बिद्यालयका बालबालिका र दलित संस्थाद्धारा संचालित १२ वटा आत्मनिर्भर समुहका महिला सदस्य, कृषक समुह, बालक्लब तथा बाल संजालको सहभागिता रहेको थियो । रयालीमा ३०० भन्दा बढीको सहभागिता रहेको वडा न.१ का सहजकर्ता हरिओम यादवले जानकारी दिए ।
बालबालिका र महिलाहरुले बाल बिवाह सम्बन्धी नाराहरु लेखेको प्लेकार्ड लिएर गाउँ परिक्रमा गरेका थिए । बाल बिवाह सम्बन्धी सचेतना गर्ने समुह समिति, बिद्यालय र संस्थाहरुलाई सम्मान तथा प्रशंसा पत्र समेत प्रदान गरि उत्साह बढेको दलित सामाजिक बिकास केन्द्रका जीवन सुधार परियोजना अधिकृत रमेश प्रसाद कुर्मिले बताए। दलित सामाजिक बिकास केन्द्रका सचिव रोहिल लाल कोरी, ७ वटै बिद्यालयका प्रधानाध्यापक र ब्यवस्थापन समितिको अध्यक्ष, स्वास्थ्य चौकीका प्रतिनिधी, फिल्ड सुपरभाइजर प्रिति गुप्ता, कालिका स्वावलम्बन सामाजिक केन्द्रका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन बाल सहजकर्ता हरिओम यादवले गरेका थिए। कार्यक्रममा सहयोग गर्ने १२ वटा आत्मनिर्भर समुह बाल क्लब, विद्यालय, मर्दसा, बोर्डिङ, स्कुल लगायत दलित सामाजिक बिकास केन्द्रलाई सम्मान र प्रंशासा पत्र प्रदान गरिएको थियो । दलित संस्थाका कार्यकारी निर्देशक राम शरन रैदासले बाल विवाह कानुनी रुपमा मात्र नभइ सामाजिक रुपमा समेत अपराध भएको बताए । बाल विवाह गर्नु र बाल बालिकाहरुलाइ जोखिम पूर्ण कार्यमा लगाउन नपाइने र बालबालिकाहरुलाई पढाइमा ध्यान दिनुपर्ने अभिभावकहरुको जिम्मेवारी हो । शिक्षामा जोड दिदै बाल विवाह र बाल श्रम रोक्नु पर्ने स्थानिय सरकारको मात्र जिम्मेवारी नभइ अभिभावकको ठुलो जिम्मेवारी रहेको वडा अध्यक्ष मुसलमानले बताए ।

प्रकाशित मिति : १० पुस २०८१ बुधबार ००:००  ९ : १६ बजे