कपिलवस्तु ।
नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको पत्रकार कल्याणकारी कोषमा २० लाख रकम पुर्याएर नयाँ समितिलाई हस्तान्तरण गरिएको छ । नवनिर्वाचित पदाधिकारी तथा सदस्यको पद हस्तान्तरण समारोहमा २० लाखको कल्याणकारी कोष खडा गरी सो रकम हस्तान्तरण गरिएको हो । विगतमा ७ लाखको अक्षय कोषबाट यस अवधीमा २० लाख रकम पुरयाइएको हो ।
शाखा कोषाध्यक्ष मोहन बेल्वासेकाे अहम भूमिका साथै अध्यक्ष सहित पदाधिकारी सदस्यकाे प्रयासले कोष स्थापना भएको बताईएको छ । कोष बृद्धि गर्न बेल्वासेले महासंघमा मितव्ययीता र परदर्शी विधी अपनाउदै उल्लेखीय भूमिका निर्वाह गरेका थिए । बेल्वासे कोषाध्यक्षमा पुन निर्वाचित भएका छन् । बेलवासेको असल नियतका कारण सामुहिक निर्णय गर्दै संस्थागत विकासमा जोड दिएर ठुलो रकम बचत गर्न सफल भएको शाखाका निवर्तमान उपाध्यक्ष हरि अधिकारी बताउछन् । पद हस्तान्तरण कार्यक्रममा नयाँ समितिलाई स्वागत गर्दै उपाध्यक्ष अधिकारीले महासंघमा विभेदपुर्ण शुद्धिकरण रहेसम्म पत्रकार महासंघको विवाद अन्त्य नहुने बताए ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य विकास बन्जाडेले पत्रकारितालाई मर्यादित बनाउदै समाजमा पत्रकारहरुको भुमिकामा प्रश्न चिन्ह नउठ्ने गरि काम गर्नुपर्नेमा जोड दिएका थिए ।
पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष डिलाराम भुसालले शुद्धिकरणमा भएका गल्ती कमजोरी आगामी दिनमा सच्याएर जाने बताए । निर्वाचन समितिका संयोजक सरोज खनाल, लुम्बिनी प्रदेश सदस्य सरिता थारु, लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष बसन्त गिरी, लगाएतले पत्रकारहरुको क्षमता विकास र सृजनशिलतामा जोड दिनुपर्ने बताए ।
प्रतिक्रिया