११ पुस २०८१, बिहिबार | Thu Dec 26 2024

नेसपा (नयाँ शक्ति) को प्रथम महाधिवेशनका अवसर र चुनौतीहरु



नारायण खनाल ।

भूमिका,

नेपाल समाजबादी पार्टी ( नयाँ शक्ति ) ले आफ्नो पार्टीको प्रथम महाधिवेशन आगामी माघ २५, २६ र २७ गते संघिय राजधानी काठमाडौंमा गर्न गहिरहेको छ र त्यो महाधिवेशनलाई भब्य र शानदार रुपमा सफल पार्नको निम्ति केन्द्रीय महाधिवेशन आयोजक समितिले राजनैतिक, बैचारिक कार्य, सांङ्गठनिक कार्य, आर्थिक कार्य, प्राबिधिक कार्य, प्रचारप्रसारको कार्यलाई सकृयता पुर्बक, उत्साहजनक ढङ्गले, व्यापक फैलाबका साथ, उच्च प्रकारको मनोबल र क्रान्तिकारी आसाबादले ओतप्रोत भइ युद्धस्तरमा तिब्रता दिइरहेको छ ।

निश्चितरूपमा नेसपा ( नयाँ शक्ति ) को प्रथम महाधिवेशनको सम्पूर्ण तयारीको काम, पार्टीको प्रथम महाधिवेशन आयोजक समितिले तय गरेको डेट लाइन र टाइम लाइन अनुसार नै पुरा हुने कुरामा केन्द्रीय महाधिवेशन आयोजक समिति बिस्वस्त छ ।

पार्टीको प्रथम महाधिवेशन केन्द्रीय तयारी समितिले पहिलो चरणको संङ्गठनात्मक काम अन्तर्गत पार्टीको सदस्यता नविकरण, दोश्रो चरणमा स्थानीय तहको अधिबेशन र तेस्रो चरणमा पार्टीको प्रथम महाधिवेशन गर्ने कार्यतालिका तय गरे अनुसार यतिबेला देश तथा बिदेशमा रहेका पार्टी तथा आङ्गिक संङ्गठनमा आबद्ध अभियान्ता हरुको सदस्यता नबिकरणका साथै धमाधम स्थानीय तहका अधिबेशनहरु उत्साहजनक ढङ्गले भब्य र शानदार रुपमा भइरहेका छन र थप हुने क्रममा रहेका छन ।

नेसपा ( नयाँ शक्ति ) नेपालको आसन्न प्रथम महाधिवेशनलाई राष्ट्रिय तथा अन्तरास्ट्रिय जगतले समेत अत्यन्तै नजिकै बाट गम्भिरता पुर्बक हेरिरहेको रहेको छ र त्यसरी हेर्नुका पछाडि यो पार्टी धेरै शक्तिशाली रहेको वा सरकारको नेतृत्व गर्ने अबस्थामा रहेको कारणले होइन कि यसले आफ्नो पार्टीको स्थापना काल देखि यता प्राप्त गरेका राजनैतिक उपलब्धि, सिमा समस्या तथा कमजोरी हरुको समिक्षा कसरी गर्छ र अबका दिनमा तय गर्ने नयाँ राजनैतिक कार्यदिशा र संङ्गठनात्मक संरचनाका अलावा संघर्षको स्वरुप र समृद्धिको नयाँ योजना कस्तो बनाउने छ भन्ने बिषयमा रहेको छ । यस महाधिवेशनले सबै खाले प्रश्नहरुको सकारात्मक उत्तर दिने नै छ ।

आसा गरौ, हाम्रो पार्टीको प्रथम महाधिवेशनको सम्पूर्ण तयारी पुर्ब निर्धारित मिति र समयमै पूरा हुनेछ र त्यो महाधिवेशनबाट हामी देश र जनतालाई एउटा साँचो अर्थको, बैकल्पिक राजनीतिको प्रतिनिधित्व गर्ने बैकल्पिक प्रणालीको सारतब्त्त सहितको, एउटा भरपर्दो र बिश्बसनिय नयाँ अग्रगामी प्रगतिशील लोकतान्त्रिक बिकल्पको पुनःताजगीसहित शक्तिशाली सन्देश दिन सफल हुने छौ ।

हुन त महाधिवेशन, लोकतन्त्रमा बिश्बास गर्ने कुनै पनि राजनैतिक दलका निम्ति एउटा नियमित प्रक्रिया हो । कुनै पनि राजनैतिक दलले गर्ने बिधान अधिबेशन वा महाधिवेशन वा आबधिक निर्वाचन हरुले पार्टीको आन्तरिक लोकतन्त्र लाई अध्यावधिक नियमन गर्नुका साथै अझ उन्नत, सजिब, जीवन्त र गहिरो बनाउनुका अलावा समय सापेक्ष पार्टीको आन्तरिक लोकतन्त्रको सुदृढीकरण वा सर्भिसिङ्मा महत्त्वपूर्ण भुमिका खेल्ने गर्दछन ।

यसका अलावा बहुमतको शासन र अल्पमतको बैधानिक प्रतिपक्ष जस्ता लोकतन्त्रका बिश्वब्यापी मान्यता र प्रचलित सकारात्मक अभ्यासहरु लाई पनि अवलम्बन र स्थापित गर्न महत्त्वपूर्ण भुमिका निर्बाह गर्ने गर्दछन । हाम्रो जस्तो प्रगतिशील लोकतान्त्रिक पार्टीले विधि, पद्धति र प्रक्रिया प्रतिको निष्ठालाई पार्टीको निष्ठा र प्रतिबद्धता संङ्ग जोडेर आशन्न प्रथम महाधिवेशनलाई हेर्नु पर्दछ ।
प्रस्तुत लेखमा आज म, पार्टीको प्रथम महाधिवेशनको तयारीका शिलसिलामा केही वैचारिक, नीतिगतका अलावा केही विगतका टुटेका कडीहरुमाथि आवश्यकता अनुसार छलफल गर्ने उद्देश्यले उपस्थित भएको छु । नेसपा (नयाँ शक्ति) नेपालको प्रथम महाधिवेशन आठ वर्षको ढिलाइमा हुँदै छ ।

यस प्रथम महाधिवेशनको दौरानमा सबैभन्दा बढी स्मरण गर्नुपर्ने पहिलो कुरा के हो भने हामीले आफ्नो पार्टीको स्थापनाको समय देखि पार्टीको आन्तरिक पंक्ति र आम जनसमुदाय समक्ष भन्ने र प्रतिबद्धता जाहेर गर्दै आएको कुरा के हो भने नयाँ शक्ति पार्टी, नेपालको गठन र घोषणा – देशका मौजुदा चल्तेचलाते राजनीति, राजनैतिक दलको बीचमा हालको नेसपा (नयाँ शक्ति) नेपाल एक थान दल किमार्थ होइन – हुन सक्दैन, हुन दिदैनौ, देशमा पार्टी हरुको संख्या कम भएर वा नपुगेर नयाँ शक्ति पार्टी खोलिएको होइन ।

बिचार एउटै छ भने धेरै पार्टी बनाइ रहनु पर्दैन । सबै कम्युनिस्ट पार्टीहरु एक भए भइहाल्छ । सबै काङ्गेसीहरु एउटै भए हुन्छ ।सबै राजा वा राजावादीहरु एउटै भए हुन्छ । सबै मधेसबादी क्षेत्रीय दलहरु एउटै भए हुन्छ, आदि । त्यो कुरा हाम्रो पार्टीको दर्शन ,सिद्धान्त, बिचार, राजनीति र संङ्गठात्मक मूल्य मान्यताको दृष्टिकोणले आज पनि सही हो र छ ।

तर , व्यवहारमा हामीले यस अबधिमा जुन प्रकारको राजनिति –कार्यनीतिका प्रश्नमा राजनैतिक र संङ्गठनात्मक अभ्यास गर्याे त्यो दौरानमा त्यस प्रकारका प्रयोग र अभ्यासहरुले पार्टी निर्माणको सवालमा केही जीवनउपयोगी शैक्षिक सामग्रीहरु उपलब्ध गराएको भए पनि यसले जनतामा हाम्रो मौलिक छवि धेरै धुमिल मात्रै भएको छ ।

रुप पक्ष नराम्रो संङ्ग बिग्रेको छ । पार्टी स्थापनाको दौरानमा हाम्रो दशरथ रङशालालाई देखेर परिवर्तन प्रति फुरुङ्ग भएका बहुसंख्यक नेपाली जनसमुदायलाई निराश मात्रै बनाएको छ । तत्कालीन नयाँ शक्ति पार्टी नेपाल र तत्कालीन संघिय समाजबादी फोरम संङ्गको एकता यताका सबै अभ्यास र प्रयोगहरुको नतिजा धनात्मक कम ऋणत्मकको मात्रा बढीरहेका छन ।

यश प्रथम महाधिवेशनले यो समस्यालाई बैचारिक र संङ्गठनात्मक दुबै दृष्टिकोणले पुरै सच्याउने र पार्टी लाई मौलिक नयाँ ढङ्गले आजैदेखि लयमा फर्काउनु पर्ने चुनौती हाम्रा सामु रहेको छ । त्यसका निम्ति सर्बप्रथम हाम्रो पार्टीको तल देखि माथि सम्म पार्टीको दर्शन, सिद्धान्त, बिचार, राजनीति, संङ्गठात्मक मूल्य मान्यताका अलवा यसको समग्र कार्य प्रणालीका सबालमा बैचारिक दृष्टिकोणले स्पष्ट अभियान्ता हरुको छनौट पहिलो अनिवार्य सर्त बनाउनु पर्नेछ ।

बैचारिक दृष्टिकोणले अस्पष्ट, ढुलमुल, अस्थिर, दोहोरो प्रकारको चरित्र बोकेका, पदलोलुप, क्यारिरिष्ट र अबसरबादी नेता कार्यकर्ता हरु पार्टीको नेतृत्वदायी भुमिकामा नआउन भन्नका निम्ति पार्टीको सम्पूर्ण पंक्ति सजग र सचेत हुनुपर्नेछ । पार्टीमा ब्यक्ती वा उमेर समुहको कुरा बिल्कुलै होइन बैचारिक दृष्टिकोणले स्पष्ट, त्याग, तपस्या र बलिदानी भाबनाले ओतप्रोत, इमानदार ,स्वच्छ छबि भएको नयाँ राजनीति लाई ब्यक्तिगत बिर्तिबिकाश र करिअर संङ्ग होइन जनताको आसा, भरोशा, विश्वास, सपना, उनीहरुको सन्तानको उज्ज्वल भबिश्यको सुनिश्चितताका लागि पार्टीको मुख्य कार्यभार लाई आफ्नो कार्यभार सम्झेर निष्ठा पुर्बक साधना गर्ने मानिस हरुको बिशाल फौज चाहिएको हो ।

जसमा नयाँ जोश, नयाँ जाँगर, नयाँ उत्शाह, नयाँ उमङ्ग, नयाँ उर्जा, नयाँ नयाँ योजना, गतिशीलता, श्रृर्जनशिल र हराभरा, नयाँ संकल्प, नयाँ प्रतिबद्धता भएका अभियान्ताहरुको बिशाल फौज बिना पार्टीले आफ्नो न्युनतम र अधिकतम उदेश्य हाशिल गर्ने प्रश्नमा सोच्न पनि सक्दैन ।

सिद्धान्त र प्रणाली तथा ब्यवहारको बिचमा उचित प्रकारको तालमेल र तादम्यताको प्रश्न बास्तबमा एउटा नयाँ युग र समाजको ,नयाँ र युगिन कार्यभार पुरा गर्नका निम्ति जगै देखि निर्माण गर्न लागिएको नयाँ ढङ्गको पार्टीको निम्ति ज्यादै गंभिर महत्त्वको बिषय हो र हुनु पर्दछ ।

जसरी सिद्धान्त बिनाको ब्यवहार लङ्गडो हुन्छ ठिक त्यसरी नै ब्यवहार बिनाको सिद्धान्त पनि लङ्गडो हुन्छ । हामीले सिद्धान्त र ब्यवहारको बिचमा अनोन्याश्रीत सम्बन्ध हुन्छ भन्ने कुरामा बिश्बास गर्दछौ भने यसको अन्तरबस्तु र अन्तरसम्बन्धको बिचमा उचित प्रकारको तालमेल र तादम्यता मिलाउनै पर्ने हुन्छ ।

कसैले पनि नयाँ पार्टी बनाउछु भन्दैमा बनी हाल्ने कुरा पनि होइन । नयाँ पार्टी बनाउछु भन्ने हरुको सर्बप्रथम आफ्नै दृष्टिकोण , जीवन, ब्यवहार र आचरण पनि शुद्ध र निर्मल हुनुपर्छ । त्यो भनेको बिचारमा शुद्धता, संङ्गठनमा शुद्धता, आचरणमा समेत शुद्धता भनेको हो ।

नयाँ पार्टी निर्माणका निम्ति तत्पर भएका सम्पूर्ण अभियान्ता हरुले के कुरा ठिक संङ्ग बुझ्नुपर्छ भने उच्च प्रकारको नैतिकता र मनोबल नभएको सिपाहीले फौजि मोर्चाको लडाइँ मात्रै होइन राजनैतिक मोर्चाको लडाइँ पनि जित्न सक्दैन र उसले जनता लाई समेत सिर ठाडो पारेर आम अपिल गर्न सक्दैन ।

यसर्थ यस महाधिवेशनले जनताले बुझ्ने भाषा शैलीमा सर्बप्रथम आफू भित्र रहेका सबै प्रकारका खराबीहरु माथि निर्ममता पुर्बक सल्यक्रिया गरि सच्याउन तयार हुनैपर्ने छ । उच्च प्रकारको नैतिकता र मनोबल भएको राजनैतिक दलले मात्रै बहुसंख्यक जनसमुदाय समक्ष आम अपिल गर्न र नेतृत्व गरी देशमा सुशासन र समृद्धिको नेतृत्व लिने हिम्मत र साहस गर्न सक्दछ ।

हामीलाई आज पनि राम्रोसँग ताजा स्मरण छ– यो पार्टीको जन्म, बिकाश र बिस्तार नेपाली समाजको युगिन आबस्यकताले , प्रशब बैचारिक तयारीको चरणबाट गुज्रियर, नेपाली जनताको परिवर्तनको धड्कन लाई राम्रोसँग छामेर, उच्च प्रकारको मूल्य बोध सहित देशमा लोकतान्त्रिक क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै, नेपाली जनताको सुशासन र समृद्धिको उत्कट चाहाना पुरा गर्ने उदेश्यले भएको हो भन्ने कुरामा कसैको दुइमत हुन सक्दैन ।

समृद्धिको दर्शन, सिद्धान्त, विचार, राजनिति वैज्ञानिक तर सुशासन र समृद्धिको नयाँ मोडेलको कुरा फजुल गफ मै सिमित

हामीले हाम्रो पार्टीको स्थापना, ( गठन र घोषणा ) पुर्ब नै देशमा एउटा नयाँ प्रगतिशील लोकतान्त्रिक पार्टीको गठन र घोषणाको बस्तुगत र आत्मगत निम्न मुख्य तीन आधारहरु प्रस्तुत गरेका थियौ-

एक,’बिश्व यतिबेला इतिहासकै अभुत पुर्ब बैचारिक संकटमा छ । अठारौं सताब्दीमा सुरुआत भएको पुंजिबाद कि साम्यवाद भन्ने धुर्बिकरण एक्काइसौं सताब्दी सम्म आइपुग्दा असान्दर्भिक भएको छ । बिश्व पुंजिबाद चौतर्फी संकटमा छ । सोभियत संघ र पुर्बी युरोपको बिघठनले परम्परागत साम्यवादको असफलता लाई सिद्ध गर्दछ । एक्काइसौं सताब्दीमा नयाँ समाजबादी चिन्तन वा तेस्रो धुर्बको निर्माण गर्न नयाँ शक्ति पार्टी नेपाल को आबस्यकता परेको हो ।’

दुई,’नेपालमा कांग्रेस र कम्युनिस्ट दुई ठुला दलका रुपमा देखिएका छन । यी दुई दल उपरोक्त बिश्व परिस्थितिकै नेपाली प्रतिनिधि पार्टीहरु हुन। नेपाली काङ्गेस बिश्व पुंजिबादकै नेपाली प्रतिनिधि पार्टी हो भने नेकपा बिश्व साम्यबादको नेपाली प्रतिनिधि पार्टी हो । यी दुबै दल आ–आफ्नै ढङ्गले भ्रष्ट र बिकृत हुदै गहिरहेका छन । तसर्थ नेपालमा वास्तविक समाजबादी दलको औचित्य बिधमान छ ।’
तीन,’देशमा नयाँ संविधान बने संङ्गै नेपालको राष्ट्रिय कार्यभार फेरिएको छ । नेपाल एकीकरण र लोकतान्त्रिक करणको युग आधारभूत रुपमा फेरिएको छ । तसर्थ, नयाँ चरणको समृद्धिकरणको युगको सुरुआत भएको छ । पार्टी भनेको साध्य होइन ,साधन हो । फरक काम गर्न फरक हतियार चाहिन्छ । जस्तो घाँस काटन हसिँया चाहिन्छ । रुख काटन बन्चरो चाहिन्छ । कागज वा कपाल काटन कैँची चाहिन्छ । देश एकिकरणको युगको नेतृत्व शाह वंशीय राजतन्त्रले गर्याे । लोकतान्त्रिकरणको युगको नेतृत्व काङ्गेस र कम्युनिस्ट पार्टी हरुले गरे । अब–समृद्धिकरणको चरणको नेतृत्व गर्न देशमा नयाँ शक्ति पार्टी नेपाल चाहिएको हो ।’
यसका साथै हामीले देशमा समृद्धिकरणको युगको ऐतिहासिक कार्यभार पुरा गर्ने राष्ट्रिय संकल्प र फलामे इरादा सहित नेपाली समाजको तत्कालीक राजनीति, समाज, अर्थतन्त्र, संस्कृतीका अलावा परराष्ट्रका सबालमा समेत व्यापक विश्लेषण गर्दै नेपाली समाजका प्रमुख पाँच अन्तरबिरोध १. बदलिएको देशको बस्तुगत परिस्थिति र बैचारिक रुपमा जड चेतनाको बिचको अन्तरबिरोध, २. समाबेशी, समानुपातिक र समाबेशी लोकतन्त्रको नेपाली जनताको चाहना र औपचारिक र नाम मात्रको लोकतन्त्रको बीचको अन्तरबिरोध , ३. सुस्वाशित र सफा राज्य, सफा र असल राजनीतिको आबश्यकता र भ्रष्ट राज्य र खराब राजनीतिको बिचको अन्तरबिरोध, ४.पिछडिएको आर्थिक आधार र बिकशित राज्यको उपरी संरचना बिचको अन्तरबिरोध , ५. भु– राजनैतिक जटिलता ,भु– मण्डलिकरण र राष्ट्रियहीत बिचको अन्तरबिरोध किटान गरि ती पाँच समस्याको समाधानार्थ पाँच ’स ’ को सिद्धान्त प्रस्तुत र पारित गरेका थियौँः जसमा

एक –समतामूलक समृद्धि

दुई – समाबेशी, समानुपातिक र सहभागीता मुलुक लोकतन्त्र ।

तीन स्बाधिनता -सार्बभौमिकता ।

चार सुशासन -सदाचार ।

पाँच – समुन्नत समाजबाद

जस्ता सिद्धान्तको प्रतिपादन गरि त्यसको आधारमा समृद्धिको ऐतिहासिक कार्यभार पुरा गर्न सकिने कुरा गरेका थियौं । जुन सिद्धान्त आज पनि आफैंमा बैज्ञानिक, वस्तुबादी र ब्यवहारिक रहेका मात्रै छैनन् त्यसको नेपाली समाजमा, औचित्यता, प्रसंङ्ग र आबस्यकता झन पछि झन बढदै गएको सर्बत्र अनुभुती भइरहकै छ ।

यसका अलावा देशमा संरचनागत सुधारका लागि संबिधान संसोधन जस्ता कुराहरु पनि उचि , जायज र समय सान्दर्भिक भएको कुरा पनि दिन प्रतिदिन स्पष्ट हुदै र मूल्य बोध हुँदै गइरहेको छ । तर यस अवधिमा सुशासन र समृद्धिको कुनै एउटा पनि मोडेल योजना तर्जुमा र कार्यान्वयनको कुरा फजुल गफ मै सिमित रहेको कुरा स्विकार गर्नुपर्दछ र महाधिवेशनले शुसासन र उत्पादनको नयाँ कार्यदिशा प्रस्तुत र पारित गर्न सक्नु पर्दछ ।

संङ्गठात्मक सिद्धान्त उदेश्य र कार्यक्रम बारे
एउटा बिल्कुलै नयाँ र फरक धारको पार्टी निर्माणको कुरा गर्दा हामीले हाम्रो देशका परम्परागत राजनैतिक दल हरुले अहिलेसम्म अबलम्बन गर्दै आएका पार्टी संङ्गठनको सिद्धान्त, निति तथा कार्यक्रम बारे केही प्रतिनिधि मुलक ’मोडेल ’ हरुको बारेमा पनि केही चर्चा गर्नु सान्दर्भिक हुनेछ ।

पहिलो मोडेल हो- माधब नेपालले नेतृत्व गरेको नेकपा ( एस ) मोहन बिक्रम सिंहले नेतृत्व गरेको नेकपा ( मसाल ) , मोहन बैधले नेतृत्व गरेको नेकपा ( क्रान्तिकारी ), सिपि मैनालीले नेतृत्व गरेको नेकपा ( माले ), नारायणमान बिजुक्छेले नेतृत्व गरेको ( नेमकिपा ), धर्मेन्द्र बास्तौलाले नेतृत्व गरेको नेकपा ( बहुमत ), नेत्र बिक्रम चन्द बिप्लबले नेतृत्व गरेको नेकपा , गोपाल किराँतले नेतृत्व गरेको नेकपा क्रान्तिकारी ( माओवादी ) बिश्व भक्त दुलालले नेतृत्व गरेको नेकपा बैज्ञानिक ( समाजबादी ) पार्टी शोभियत अतिकेन्द्रिकृत नोकरशाही ढाँचामा आधारित रहेका छन् ।

यस्तो सर्वाधिकारी राज्यको सिद्धान्तमा आधारित पार्टीमा लोकतन्त्रको कल्पना पनि गर्न सकिदैन र यी कुनै पनि पार्टी बाट नेपाली जनताले केही आसा अपेक्षा गर्दछन जस्तो लाग्दैन । यी कुनै देश र जनताको निम्ति रिजल्ट दिने पार्टी हरु पनि होइनन ।

आजको लोकतान्त्रिक समाजमा हामीलाई पार्टी निर्माणको यस्तो मोडेल पनि बिल्कुलै चाहिएको छैन र यस्तो मोडेलको पार्टी बनाउनु पनि हुदैन । दोश्रो मोडेल हो- उपेन्द्र यादवले नेतृत्व गरेको जसपा एक, असोक राइले नेतृत्व गरेको जसपा दुई ,महेन्द्र राय यादबले नेतृत्व गरेको तथाकथित नेसपा, राजेन्द्र महतोले नेतृत्व गरेको राष्ट्रिय मुक्ति क्रान्ति, महन्त ठाकुरले नेतृत्व गरेको लोसपा, डा.सिके राउत्तले नेतृत्व गरेको राष्ट्रिय जनमत पार्टी, रेशम चौधरीले नेतृत्व गरेको नागरिक उन्मुक्ति पार्टी आदि यी दलहरुको उदेश्य सिर्फः आफ्नो समुदायलाई इमोशनल ब्ल्याकमेल गरि केही जातीय, क्षेत्रीय र पहिचानका मुद्दाको उठाउने र त्यसको आडमा शक्ति आर्जन गर्ने र केही थान माननीय जित्ने र त्यसको आडमा शत्ता पक्ष संङ्ग बार्गेनिङ गरेर जसको सरकार बने पनि धोति कुर्ता लगाएर सरकारमा मन्त्री खाने वा एकआध राजनैतिक नियुक्ति लिने र राजकिय सुबिधा लुडाँउने मात्रै रहेको छ ।

यी माथि उल्लेखित पार्टीहरुले राष्ट्रिय राजनितिमा लोकतन्त्रको गत्याअवरोधमा योगदान दिन त सक्दछन् तर राष्ट्रिय राजनितिमा देखा परेका समस्याहरुको समाधान गर्न सक्दैनन् र हामीले यस्तो मोडेलको पार्टी पनि बनाउन हुँदैन र सकिदैन ।

तेस्रो मोडेल हो- रबि लामिछानेले नेतृत्व गरेको रास्बपा मोडेल । जो रबि सिर्फ एक जना प्रमुख नेताको राजनीतिमा तल माथि हुँदा बित्तिकै रास्बपा नै बिगठन, बिसर्जन हुदै जीवन र मृत्युको दोशाँदमा अन्तिम शास लिइरहेको छ ।

जस्ले गर्दा बैकल्पिक राजनीति र प्रगतिशील लोकतान्त्रिक आन्दोलन नै कमजोर हुने मात्रै होइन नयाँ मतदाता हरुले समेत बैकल्पिक राजनीति प्रति घृणा गर्ने र पुरानै दलमा फर्कन सक्ने जोखिम बढाएको छ । यस्तो हिरोइज्ममा आधारित व्यक्तिवादी मोडेलको पार्टी पनि हामीलाई किमार्थ चाहिएको छैन र बनाउनु पनि हुँदैन ।

चौथो मोडेल हो- नेपाली काङ्गेस ,नेकपा ( एमाले )को पार्टी निर्माणको मोडेल । नेपाली काङ्गेस र नेकपा (एमाले) को विचारसँग हाम्रो पुरै असहमति छ, ता पनि यी दुबै पार्टीहरुले अहिलेसम्म अबलम्बन गर्दै आएको संङ्गठात्मक सिद्धान्त र प्रणालीले उनी हरुको अन्तर पार्टी लोकतन्त्रको संस्थागत बिकाशमा महत्त्वपूर्ण योगदान पुर्याउने गरेको छ ।

ती दुबै पार्टी हरुमा प्रथम र दृतिय श्रेर्णीको मुल नेतृत्व नरहे पनि तेस्रो लेयरमा रहेका नेतृत्वले त्यो रिक्तता पुर्ति गर्ने सामथ्र्य राख्दछ । किन कि ती दुबै पार्टीका जरा जमिनको गहिराइ सम्म पुगेका छन । ती दुबै पार्टीमा क्षमता र हिम्मत भए गगन थापा र भिम राबल हरु नेता बन्ने विधि ,पद्धति र प्रणाली बलियो गरि संस्थागत भएको छ ।

यी दुबै पार्टीहरुको कमजोरी कहाँ निर छ भने, यीनीहरु समावेशी, समानुपातिक र सहभागितामुलक लोकतन्त्र प्रति अत्यन्तै असहिष्णु रहँदै आएका छन् । यसर्थ यस्तो मोडेलको पार्टीबाट पनि देशमा प्रगतिशील र उन्नत प्रकारको लोकतन्त्रको अपेक्षा गर्न सकिन्न ।
पाँचौ मोडेल हो- पुष्पकमल दहाल प्रचण्डले नेतृत्व गरेको नेकपा माओवादी केन्द्र । सिद्धान्त , यो पार्टीले शान्तिपूर्ण राजनीतिमा प्रबेश गरे यता लोकतन्त्रका आधारभूत सिद्धान्त, निति तथा कार्यक्रम मूल्य र मान्यता लाई पार्टीको आन्तरिक लोकतन्त्रको संस्थागत बिकाशका लागि अनिवार्य भएको कुरा उल्लेख गर्दै आएको छ । तर ,ब्यवहारमा भने यो पार्टीले कहिले पुरै पार्टी लाई अर्कैको पार्टीमा लगेर बिलिन गराउँछ, कहिले चुनाबी गठबन्धनको नाममा अर्कै दल ( बिजातिय प्रबृत्ति ) का लागि भोट माग्दै हिड्छ ।

पार्टीमा आफैले आफैलाई नेतृत्व घोषणा गरेर आजिबन पार्टीको नेतृत्वदायी भुमिकामा रहने अलोकतान्त्रिक संस्कृतिको संस्थागत बिकाश गर्दै हिडिरहेको छ । यसको कुन चाहिँ चेहरा लोकतान्त्रिक हो र कुन चाहिँ फौजि ? भन्ने कुरा नै स्पष्ट भइ नसकेको सन्दर्भमा हामीलाई यस्तो लिङ्ग नै नछुटिएको पार्टी निर्माणको मोडल पनि बिल्कुलै आबस्यकता छैन ।

हाम्रो पार्टीको गत कार्तिक ४–५ गते पर्यटकीय नगरी पोखरामा आयोजित प्रथम राष्ट्रिय बिधान अधिबेशनले पार्टीको संङ्गठात्मक सिद्धान्त, उदेश्य र कार्यक्रम सम्बन्धी बिधानको धारा –९ मा त्यसका आधारभूत सिद्धान्त र प्रतिबद्धता सर्ब सम्मत पारित गरेको छ ।

एउटा बिल्कुलै फरक धारको, नयाँ प्रगतिशील लोकतान्त्रिक पार्टीको निम्ति बिधान अधिबेशन कर्मकाण्ड मात्रै होइन ’ राज्य संचालन ’ ( स्टेट क्राफ्रिटिङ्ग ) र राष्ट्र निर्माण ( नेशन बिल्डिङ्ग )को पुर्ब सर्त हो । जसले राजनीतिको पुनः गठनको मान्यता बोकेको हुन्छ ।

ठिक यही कारणले गर्दा यस्तो दल अरु राजनैतिक दलहरु भन्दा बिल्कुलै नयाँ र भिन्न हुन पुग्दछ । यहाँ नेर हामीले बुझ्नुपर्ने कुरा के हो भने हामीले हाम्रो पार्टी कस्तो बनाउछौ भन्ने कुराले हामी हाम्रो समाज र मुलुक कस्तो बनाउछौ भन्ने कुराको पुर्ब निर्धारण गर्ने भएकोले हामीले हाम्रो पार्टीको आधारभूत संङ्गठात्मक सिद्धान्त प्रतिबद्धता देहायबमोजिम सुनिश्चित गरेका छौ

१) सार्बभौम पार्टी सदस्य, प्रतिबद्ध कार्यकर्ता पंक्ति र जनआधारित पार्टीको रुपमा सदस्य हरुको सार्बभौम निर्णय नै पार्टी संचालनको मुख्य आधार हुनेछन । पार्टी सदस्यहरु आफू आबद्ध समितिहरु मार्फत जनता प्रति उत्तरदायि हुनेछन् ।
२) समाबेशी, समानुपातिक र सहभागीता मुलुक प्रतिनिधित्वको सिद्धान्तको जगमा पार्टी संङ्गठन निर्माण गरिनेछ । पार्टीका हरेक तहमा समाबेशी ,समानुपातिक र सहभागिता मुलुक प्रतिनिधित्व सुनिश्चित गरिनेछ ।
३) पार्टी भित्र अभिब्याक्तिमा स्वतन्त्रता र काम कारबाहीमा एकरुपता कायम गरिनेछ ।
४)पार्टीमा शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनको सिद्धान्तको आधारमा संचालन गरिनेछ ।
५) पार्टीको प्रत्येक संङ्गठात्मक तहमा ठाडो र समतलिय संरचना हुनेछन् । पार्टी संङ्गठन चुस्त दुरुस्त र प्रबिधि मैत्री हुनेछ ।
६) सामुहिक नेतृत्व र ब्यक्तीगत जिम्मेवारीका आधारमा संङ्गठन संचालन गरिनेछ ।
७) एक ब्यक्ति, एक कार्यकारी पद र अधिक्तम दुई कार्यकालको निति कार्यान्वयन गरिनेछ छ ।
८) बैचारिक र नितिगत हिसाबले पार्टी संङ्ग अनुबन्धित जनसंङ्गठन हरु स्वायत्त र श्रृर्जनशिल हुनेछन् ।
९) दलित ,लैङ्गिक र अल्पसंख्यक लगायतका सामाजिक विभेद ,अपराध जन्य क्रियाकलाप र भष्टचार प्रति शून्य सहनशीलताको निति अबलम्बन गरिनेछ ।
१०) अध्यनशिलता र स्वयम अनुशासन लाई सम्पूर्ण पार्टी पंक्तिले आफ्नो जीवन पद्धति बनाउनुपर्ने छ ।
११) पार्टीमा पारदर्शी र आत्मनिर्भर आर्थिक ब्याबस्थापनमा जोड दिदै श्रर्म मैत्री एबं प्रगतिशील संस्कृति बिकाश गरिनेछ ।
१२) पार्टीको शक्ति निर्माणका लागि संघर्ष मोर्चा धुर्बिकरण र एकतामा ध्यान दिइनेछ ।
१३) पार्टीको नेतृत्व चयनमा सबै तहका पार्टी समितिहरु प्रत्यक्ष निर्वाचन प्रणाली ,प्रत्याब्हान र अस्बिकार गर्ने अधिकारको प्रयोग गरिनेछ ।

हाम्रो पार्टीको संङ्गठात्मक सिद्धान्त र प्रतिबद्धताका सबालमा माथि उल्लेख्य गरिएका १३ बटा बुंदामा यस छोटो लेखमा बिस्तृत ब्याख्या गर्न संभब छैन तर म बुंदा नम्बर दुई माथि यस लेखमा संक्षेपमा चर्चा गर्नेछु । यो बुंदा पार्टीले आफ्नो न्युनतम र अधिक्तम राजनैतिक उदेश्य हाशिल गर्नका निम्ति प्रतिपादन गरेको पाँच ’स’ को एउटा महत्त्वपूर्ण अङ्गमा आधारित छ र यसको मुल स्प्रिट, मर्म र भावना भनेको समानुपातिक, समाबेशी र सहभागिता मुलक प्रतिनिधित्व सहितको, बिल्कुलै फरक धारको नयाँ पार्टीको निर्माण संङ्ग समन्धित रहेको छ । हामीलाई राम्रोसँग थाहा छ – हाम्रो मुलुक बहुभाषिक, बहु सांस्कृतिक, बहु जातीय , बहु धार्मिकका अलावा बहु भुगोल भएको मुलुक हो ।

यस मनोविज्ञान र मनोदशालाई हामीले राम्रोसँग बुझिएन र तद् अनुरुपको पार्टीको संङ्गठनात्मक संरचनाको सुनिश्चितता गरिएन भने नयाँ निर्माण गर्न लागिएको पार्टीका निर्णय हरुको स्वामित्व कसैले पनि लिने छैनन् । यस्तो अबस्थामा कसैलाई अपनत्वको महशुस हुने छैन ।

यसर्थ हामीले यस मुलुकमा बसोबास गर्ने अल्पसंख्यक, जाति, भाषा, भुगोल, संस्कृती, धर्म ,लिङ्गका अलावा उपेक्षित बर्ग र सिमान्तकृत समुदायको बृहतर हीतलाई समेत ध्यानमा राखेर उसको प्रतिनिधित्व सुनिश्चित हुने गरि, अझ खासगरी जुन जुन समुदायको उपस्थिति जहाँ जहाँ छ, तिनै समुदायको अनुपातिक समाबेशिता नेपाली लोकतन्त्रको बिशेषता, चरित्र र गुण भएको कुरा स्विकार गर्दै यस स्थितिलाई हामीले ’कलष्टर’ले परिभाषित गरेका हो भन्ने कुरा बिर्सनु हुने छैन ।

समाजका विभिन्न समुदायमा बसोबास गर्ने जनताको अनुपातिक सुनिश्चितता भएको पार्टी प्रणाली र यसै आधारमा टेकेर राज्यका निकाय हरुमा प्रतिनिधित्व गराउने निति सहितको प्रणालीको बिकाश गर्न खोजिएको हो । यश प्रणालीको अबलम्बनले एकातिर पार्टीलाई धेरै शुन्दर बनाउने छ भने अर्कोतिर पार्टी भित्रका कुनै पनि सदस्य हरुले अल्पसंख्यक ,भुगोल ,धर्म भाषा ,लिङ्ग संस्कृति वा फरक पहिचान वा आर्थिक अबस्थाका कारण हेपिने ,दबिनु पर्ने वा हीनताबोध र आत्म गलानी गर्नुपर्ने जस्ता बिषयहरु पुरै समाप्त भएर जाने बिश्बास गरिएको हो ।

हामीले ध्यान दिनुपर्ने अर्को महत्त्वपूर्ण कुरा के हो भने दुनियाँमा प्रणाली बिनाको कुनै बस्तुको लामो समय सम्म अस्तित्व रहिरहन संभब नै हुदैन । प्रत्येक मानिस स्वतन्त्र , सचेत सामाजिक प्राणी भएको हुनाले समाजमा बिबेक सहितको विधि ,पद्धति र प्रणालीमा रहन चाहान्छ ।

हामीले आजको खुला र लोकतान्त्रिक परिबेशमा धेरै भारिभरकम र भाष्ट विधि पद्धति र प्रणाली पनि बनाउनु हुदैन जस्ले गर्दा मानिस हरु आफुमा भएको कला, प्रतिभा र क्षमता लाई राम्रोसँग प्रस्तुत नै गर्न नसकुन ।

हो ,कुनै पनि राजनैतिक दल र संघ-संस्थामा आबद्ध हुनु भनेको त्यसको न्युनतम अनुशासनमा बाधिनु पक्कै हो । हामीले संङ्ग संङ्गै ख्याल गर्नुपर्ने कुरा के हो भने, अनुशासन बनाउदा त्यस्तो अनुशासन बनाउनुपर्छ जो सबैलाई सहज ढङ्गले मान्ने खालको हुनु प्रर्दछ ।

निश्कर्ष
यतिबेला नेपाली समाज इतिहासकै अभुतपुर्ब र असाधारण राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र भु – राजनैतिक संकटमा रहेको छ । सुशासन र समृद्धिको युगको नेतृत्व गर्नुपर्ने पुराना राजनैतिक दल र तिनको मुल नेतृत्व पुरै नैतिक पतन ,चरम असफलता र तिब्र गतिमा बिसर्जनको दिशामा उद्धत्त रहेको छ ।

देशका पुराना राजनैतिक दल र तिनको नेतृत्व बाट नेपाली जनताको सपना पुरा हुने अब कुनै गुन्जाइस बाँकी छैन । देशमा सामाजिक न्याय, सुशासन र समृद्धिको ऐतिहासिक कार्यभार पुरा गर्ने प्रक्रिया नै धेरै ढिलो भइसकेको छ ।

नयाँ भनिएका राजनैतिक दलहरु पनि पुरानै शत्ताका मतियार हरु संङ्ग भागबन्डा गरेर खान पाउँदा फुरुङ्ग छन । देशको राष्ट्रिय राजनीतिमा देखा परेको यश प्रकारको अभुत पुर्ब रिक्तताले आम नागरिकका सम्पूर्ण मुद्दाहरु बेवारिस भएका छन ।

यस प्रकारको रिक्तता लाई नेसपा ( नयाँ शक्ति ) नेपालको प्रथम महाधिवेशनको भाबि नयाँ राजनीति कार्यदिशाले सकारात्मक र मौलिक नयाँ ढङ्गले चिर्ने र सुशासन र समृद्धिको ब्याहबारिक र जीवन उपयोगी नीति तथा कार्यक्रमका अलावा पार्टीको “रिब्राण्डिङ्” सहितको नयाँ नेतृत्व र नयाँ टीम चुन्न सफल हुुनुुपर्ने छ ।

जसले साराका सारा देशवासीहरु लाई अपिल गर्न सकोस र भनोस – आउनु होस सबै बैकल्पिक राजनीतिका पक्षधरहरु एकै ठाउँमा बसौ ।

किनकी साँचो अर्थको, वास्तविक, नयाँ प्रगतिशील लोकतान्त्रिक राष्ट्रिय पार्टी यही हो । देशभित्र चलिरहेको तथाकथित नेश्नालिजम र हिरोइज्मको अत्यन्तै प्रदूषित र विषालु हावाहुरीका बिचमा सम्पन्न हुन गइरहेको पार्टीको प्रथम महाधिवेशन भव्य र शानदार रुपमा सफलताको अग्रिम शुभकामना प्रकट गर्दछु ।

लेखक- नेसपा (नयाँ शक्ति) केन्द्रिय महाधिवेशन आयोजक समितिका सदस्य तथा केन्द्रिय स्कूलिङ विभागका सदस्य हुनुहुन्छ ।

प्रकाशित मिति : १० पुस २०८१ बुधबार ००:००  ७ : १३ बजे