काठमाण्डौ ।
नेपालमा गएको आइतवार रातिदेखि सुदूरपश्चिम क्षेत्रबाट शुरू भएको मौसम बदलीले हिजो देशका धेरै जसो ठाउँमा प्रभाव पारेको छ ।
काठमाण्डौ उपत्यकालगायत केही ठाउँमा हिजो बेलुका सामान्य हिउँदे वर्षा भएको छ । पश्चिम न्यूनचापीय प्रणालीका कारण आकासमा बादल टम्म लागे पनि छिटपुट वर्षा भएको छ ।
गएराति देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र हल्का वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । आजदेखि भने मौसम सुधार हुँदै जाने उहाँले बताउनुभयो ।
प्रतिक्रिया