बाणगंगा ।
नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठन कपिलवस्तुको दोश्रो अधिवेशन सोमबार वाणगंगामा सम्पन्न भएको छ । नेकपा एमाले वाणगंगा नगर कमिटिको कार्यालय बैरियामा सम्पन्न दोश्रो अधिवेशनले १६ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हाे । जिल्लामा कृयाशिल यातायात व्यवसायीहरूकाे भेलाले राम बहादुर पौडेल (कमल क्षेत्री) लाई अध्यक्षमा सर्वसम्मत चयन गरेकाे छ । जसको उपाध्यक्षमा टंक पाण्डे, सचिवमा चेत नारायण भट्टराई, सहसचिवमा ऋषिराम पोख्रेल र कोषाध्यक्षमा महमद रफिक रगरेज र अन्य सदस्यहरुमा हिरा गिरी, नारायण कडेल, मोहन पौडेल, बरमानन्द चौधरी, अर्जुन केसी, देबेन्द्र थापा, देबीसरन कुर्मी, दिल बहादुर सोमै, राजेन्द्र बहादुर बोहरा, गोपाल रेग्मी र अरुण कुमार श्रीवास्तव चयन भएका छन् ।
जिल्ला अधिवेशन भौतिक पूर्वाधार तथा यातायात विभागका केन्द्रिय सदस्य दधिराम खरेलको प्रमुख आतिथ्यमा तथा नेकपा एमाले कपिलवस्तु उपाध्यक्ष शंकर पाण्डेको विशिष्ट आतिथ्यमा सम्पन्न भएको हो । नवनिर्वाचित कार्यसमितिले संगठनको आगामी कार्ययोजनाको बारे छलफल गर्दै जिल्लास्तरमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने योजना प्रस्तुत गरेको छ।
लोकतान्त्रिक यातायात व्यवसायी कपिलवस्तुका नवनिर्वाचित अध्यक्ष राम बहादुर पौडेलले संगठनको विकासका लागि सबै क्षेत्रका व्यवसायीको हक हितमा काम गर्दै व्यवसायीसंग सहकार्य गरेर अघि बढ्ने आवश्यकता रहेको बताउनुभयो। संगठनको आगामी कार्ययोजनाको बारे छलफल गर्दै जिल्लास्तरमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने योजना प्रस्तुत गरेको छ।
कार्यक्रममा नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनका केन्द्रिय सदस्य नाराण प्रसाद घिमिरे, लुम्बिनी प्रदेश अध्यक्ष जीवन कुमार बन्जाडे, नेकपा एमाले कपिलवस्तु सचिवालय सदस्य युवराज पोख्रेल, जिल्ला कमिटि सदस्य गंगा भट्टराई, नेकपा एमाले रुपन्देही जिल्ला कमिटी सदस्य मञ्जु बस्नेत, सिता बस्याल, जिल्ला नेता युवराज नेपाल लगाएतको सहभागीता रहेको थियो ।
९ पुस २०८१ मंगलबार ००:००
32
Shares
प्रतिक्रिया