१० पुस २०८१, बुधबार | Wed Dec 25 2024

के हो जाडोमा हुने डिप्रेसन, कसरी बच्ने ?



काठमाडौं ।
केही व्यक्तिहरूलाई जाडो मौसम मनपर्छ तर, केहीको लागि जाडोको २ महिना बिताउन गाह्रो हुन्छ ।

ती व्यक्तिहरुमा चिसो मौसम र घाम नलाग्दा धेरै पटक उदासीनता छाउँछ । सिजनल अफेक्टिभ डिसअर्डरको सिकार हुन्छन्, जसलाई विन्टर डिप्रेसन पनि भनिन्छ । यसको लक्षण डिप्रेसनसँग मिल्दोजुल्दो हुन्छ ।

जाडोमा डिप्रेसन हुनु एक मानसिक स्वास्थ्य समस्या हो, जो चिसो दिनमा हुन्छ । जाडोको कारण व्यक्ति निकै चिडचिडे हुन्छ । हरेक काममा अल्छी लाग्छ, जसले तनाव बढाउँछ । यस्तो धेरै जाडो सुरु हुनेदेखि सकिनेसम्म जुनसुकै बेला हुन सक्छ । विन्टर डिप्रेसन जो कोहीलाई पनि हुन सक्छ ।

विन्टर डिप्रेसनको मुख्य कारण धेरै जाडो र घाम नलाग्नु हो । जाडोका दिनहरू पनि निकै छोटा हुन्छन् र तापक्रम कम हुन्छ । सूर्यको प्रकाश नपाउनुको असर जीवनमा पर्छ । यसले मानिसलाई नकारात्मक, उदास र बिरामी जस्तो महसुस गराउँछ ।

कहिलेकाहीँ निद्रासँग सम्बन्धित हर्मोन मेलाटोनिन पनि जाडोमा डिप्रेसनको कारण बन्छ । घाम नलाग्दा शरीरमा मेलाटोनिन बन्छ । यसले विन्टर डिप्रेसनको जोखिम अझैँ बढाउँछ ।

लक्षण

उदासीनता छाइरहने, तनाव महसुस हुने, धेरै निद्रा लाग्ने, तौल बढ्ने, कुनै काममा मन नलाग्ने, रुन मन लाग्ने, बारम्बार खाना खान मन लाग्ने र चिडचिडेपन महसुस हुने विन्टर डिप्रेसनका लक्षणहरू हुन् ।

कसरी बच्ने ?

दैनिक ३० मिनेट घाममा बिताउनुहोस्,
स्वस्थ र ताजा खाना खानुहोस्,
दैनिक व्यायाम गर्नुहोस्,
ध्यान र योगको सहारा लिनुहोस्,
सकारात्मक सोच्नुहोस् र परिवारसँग रहनुहोस्,
भिटामिन डीयुक्त खाना खानुहोस् ।

यदि हालै बच्चालाई जन्म दिनुभएको छ, परिवारमा कसैलाई मानसिक स्वास्थ्यसँग सम्बन्धित रोग छ, पहिले कहिल्यै डिप्रेसन वा एन्जाइटीको सिकार हुनुभएको छ, कुनै ठूलो र गम्भीर बिमारीबाट निको हुनुभएको छ र धेरै चिसो ठाउँमा बस्नुहुन्छ भने तपाईंलाई विन्टर डिप्रेसन हुनसक्छ ।

प्रकाशित मिति : ९ पुस २०८१ मंगलबार ००:००  ११ : २१ बजे