८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

सरेपानी सामुदायिक वनको १६औं साधारणसभा सम्पन्न



बाबुराम रायमाझी, भलवाड ।

वाणगंगा ९ मा रहेको सरेपानी सामुदायिक वनको १६औं साधारणसभा सम्पन्न भएको छ। कार्यक्रममा समुहका सहसचिव नवराज गुरुङले वार्षिक प्रगति प्रतिबेदन पेश गरेका थिए भने कोषाध्यक्ष जिउनिसिया थारुले आर्थिक बर्ष २०८०-०८१ को कुल १ करोड २९ लाख ८२ हजार बराबरको आयब्यय सार्बजनिक गरेकि थिइन ।

समुहका अध्यक्ष बिन्द्र गुरुङले सरेपानी सामुदायिक वनको भाबी निति तथा कार्यक्रम बारेमा बताएका थिए । लेखा संयोजक हरि पान्डेले सुझाव सहित लेखा प्रतिबेदन पेश गरेका थिए ।

कार्यक्रममा श्रीराम आधारभूत विद्यालय पडरियामा अध्ययनरत विपन्न परिवारका २० जना विद्यार्थी लाई १-१ हजारका दरले छात्रवृत्ति वितरण गरिएको थियो ।

प्रमुख अतिथि तथा वडा अध्यक्ष कमल पौडेलले सामुदायिक वनको विकास निर्माणको काम गर्दा वडासंग समन्वय गरेर काम गरेमा समुदायमा सकारात्मक सन्देश जाने बताएका थिए ।

सब डिभिजन वन कार्यालय गोरुसिङेका सहायक वन अधिकृत विबेक कुमार घिमिरेले सामुदायिक बनले काम गर्दा बनको नीतिनियम योजना बमोजिम पारदर्शी रूपमा काम गर्नुपर्ने साथै सामुदायिक बनको सहि सदुपयोग एवम् बनको संरक्षण, सम्बर्द्धन गर्दै बनको उत्पादन पनि गर्दै जानुपर्ने बताएका थिए ।

कार्यक्रममा वनउपभोक्ता सदस्य दुर्गा कार्किले सामुदायिक वनको खाली जग्गामा समुहलाइ आम्दानी हुने बेसार खेती र अमृशो खेती गर्न सुझाव दिएका थिए । साधारणसभाले समुहमा रिक्त रहेको सचिव पदमा गोमा पान्डे र सदस्यमा शारर्दा गुरुङ र हरि बहादुर खड्कालाइ मनोनयन गरेको छ ।

कार्यक्रममा सरेपानी सामुदायिक वनका अध्यक्ष बिन्द्र बहादुर गुरुङले सबैमा धन्यवाद प्रदान गरे । कार्यक्रम समितिका उपाध्यक्ष फुलमाया गुरुङको स्वागत एबम समुहको सहसचिव नबराज गुरुङको संचालन रहेकोे थियो । यो सामुदायिक बन १ सय ७५ प्वाइन्ट ५ हेक्टर क्षेत्रफलमा रहेको छ भने यस सामुदायिक बनमा ३ सय ४० बन उपभोक्ताहरु आबद्ध रहेका छन् ।

साधारणसभामा लुम्बिनी प्रदेशमा खुल्ला म्याराथुन दौड प्रतियोगितामा दोस्रो स्थानमा आएका अजय पान्डेलाई सामुदायिक बनले सम्मानित गरेको छ । यस्तै श्रीराम आधारभूत विद्यालयका प्रधानध्यापक ओमलाल गिरि, समाजसेवि जंजिर प्रसाद चौधरी, भलवाड स्वास्थ चौकी प्रमुख जित बिकास रायमाझी ,अनुगमन समितिका संयोजक लाल बहादुर खड्का, पत्रकार बाबुराम रायमाझी, नमुना सामुदायिक वनका अध्यक्ष हुमलाल पौडेलले साधारणसभा सफलताको शुभकामना दिएका थिए । १६औं साधारणसभामा छिमेकी सामुदायिक वनका अध्यक्ष, समाजसेबि, पत्रकार एबम बुद्धिजीवी लगायतको सहभागिता रहेकोे थियोे ।

प्रकाशित मिति : ८ पुस २०८१ सोमबार ००:००  ९ : २६ बजे