कपिलवस्तु ।
सयुक्त एम्बुलेन्स चालक संघ नेपाल ट्रेड युनियन संघ जिल्ला शाखा कपिलवस्तुको अध्यक्षमा पुनः कमल घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ । “देश भरका सम्पुर्ण एम्बुलेन्स चालक मजदुरहरु एकजुट होऔं” भन्ने मुल नाराका साथ अगाडि बढिरहेको जिल्ला शाखा कपिलवस्तुको धार्मिक तथा पर्यटकीय स्थल लक्ष्मणघाटमा सम्पन्न १० औं बार्षिक साधारण तथा ५ औं अधिवेशनबाट कमल घिमिरेलाई सर्वसम्मत रुपमा नेतृत्व प्रदान गरिएको हो ।
घिमिरेको अध्यक्षमा १५ सदस्यीय समिति सर्वसम्मत चयन गरिएको हो । जसको बरिष्ठ उपाध्यक्षमा नेत्रराम अहिर यादव, उपाध्यक्षमा कमल अर्याल, सचिवमा कृष्ण पोख्रेल, सह सचिवमा दिपेन्द्र तिवारी, कोषाध्यक्षमा महेन्द्र कुर्मी, सह कोषाध्यक्षमा महेन्द्र कुर्मी सर्वसम्मत रुपमा चयन हुनुभएकोब छ ।
त्यस्तै सदस्यहरुमा बिजय बहादुर चौधरी, पवन कुमार यादव, सुनिल भण्डारी, रामदास यादव, बल बहादुर कुवंर, अशरम मल्लिक, डम्बर बहादुर थापा रहनुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले नागरिकलाई प्रत्यक्ष रुपमा स्वास्थ्य क्षेत्रका लागि एम्बुलेन्स चालकको महत्वपुर्ण योगदान रहेको बताउनुभयो । नगर प्रमुख अर्यालले नगरपालिकाले एम्बुलेन्स गर्नका लागि विनियोजन गरेको बजेट समेत संघको निर्देशिकाका कारण फ्रिज भएको बताउनुभयो । उहाँले कोरोना महामारीको बेलामा जनताको सेवामा खट्ने एम्बुलेन्स चालकहरुको नगरपालिकाले उचित मुल्यांकन गरेको बताउदै नगरपालिका र आफु चालकहरुको हक हित र संरक्षणको पक्षमा रहेको बताउनुभयो । आगामि दिनमा एम्बुलेन्स चालकहरु र संघलाई आवश्यक सहयोग र सहजिकरणका लागि कुनै कसर बांकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै कार्यक्रमका विशिष्ठ अतिथि सयुक्त एम्बुलेन्स चालक संघका केन्द्रिय अध्यक्ष नवराज लामिछानेले एम्बुुलेन्स चालक सम्बन्धी निर्देशिका २०७८ एम्बुलेन्स चालकहरुको विरुद्धमा रहेको बताउदै यथाशिघ्र संशोधन गर्न माग गर्नुभयो । निर्देशिकामा उल्लेखित केहि बुंदाहरु संशोधन नभए लागु हुन नदिनका लागि आन्दोलन गर्ने समेत चेतावनी दिनुभयो । संघको केन्द्रिय समिति एम्बुलेन्स चालकहरुको पक्षमा रहेको बताउदै चालकहरु पनि अनुशासन पुर्वक आफ्नो कर्तव्य पुरा गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै संघका केन्द्रिय महासचिव मुक्ति काफ्लेले सरकारले ल्याएको निर्देशिकाको विरुद्ध एकजुट भएर सम्पुर्ण एम्बुलेन्स चालकहरु लाग्नुपर्ने बताउनुभयो । कार्यक्रमका विशिष्ठ अतिथि केन्द्रिय महा सचिव काफ्लेले देशभरका ६४ सय एम्बुलेन्स चालकहरुको विरुद्धमा ल्याईएको निर्देशिका मान्य नहुने बताउनुभयो ।
नवनिर्वाचित समितिका अध्यक्ष कमल घिमिरेले अध्यक्षमा सर्वसम्मत रुपमा चयन गर्न सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा सल्लाह सुझाव अनुसार अगाडि बढ्ने बताउनुभयो । अध्यक्ष घिमिरेले एम्बुलेन्स चालकहरुको संयुक्त बीमाका लागि सम्बन्धित निकायसंग पहल गर्ने, संघको प्रशासकीय भवन निर्माणका लागि स्थानीय तह, अस्पताल र विभिन्न संघसंस्थाहरुलाई समन्वय गर्ने, संघमा आवद्ध चालक सदस्यहरुको परिचय पत्र, नवीकरण पहिचान झल्किने खालको स्टिकर बनाउने, एम्बुलेन्स र अस्पताल एवम् अत्याश्यक सम्पर्क नम्बरहरु सहितको बोर्ड जिल्लाका विभिन्न स्थानमा राखि तत्काल उद्धारमा सहयोग पु¥याउने लगायतका आगामी कार्ययोजना प्रस्तुत गर्नुभएको छ ।
कार्यक्रममा बाणगंगा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष करुण टण्डन, कपिलवस्तु उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हुमनाथ पौडेल लगायतले मन्तब्य राख्दै एम्बुलेन्स चालकहरुको स्वास्थ्य क्षेत्रमा महत्वपुर्ण भुमिका रहेकाले अत्यन्तै मानवीय र सामाजिक कार्य रहेको बताउनुभयो ।
कार्यक्रममा संघ संस्थापक तथा पुर्व जिल्ला अध्यक्षहरुलाई सम्मान गरिएको थियो ।
संघमा आवद्ध चालक सदस्य, पत्रकार, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको कार्यक्रम सदस्य मुक्तार अलिको स्वागत मन्तब्य तथा संघका प्रेस सल्लाहकार हरि आचार्यको सञ्चालनमा सम्पन्न भएको हो ।
प्रतिक्रिया