पचेहरा ।
लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थीले शैक्षिक गुणस्तर अभिबृद्धि गर्न शिक्षकहरुलाई आग्रह गर्नुभयो । विद्यालयको शैक्षिक प्रगतीले सवैको इज्जत बढ्ने बताउदै विद्यालयमा विद्यार्थी संख्या बढाउदै शैक्षिक स्तर माथी उकास्न सवैले मेहनत गर्नुपर्नेमा जोड दिनुभयो । पूर्व स्वास्थ्य मन्त्री पन्थीले दक्षिणी क्षेत्रको विकासमा आफनो मुख्य चासो भएकाले यहाँको सामाजिक आर्थिक र शैक्षिक विकासका लागि आवश्यकताका आधारमा बजेट विनियोजन गर्ने बताउनुभयो । उहाँले निर्वाचन क्षेत्र अन्तरगत दक्षिणी क्षेत्र पटना, कपिलवस्तु नगरपालिकाको ९, १०, ११ र फुलिकाको विकास पहिलो प्राथमिकतामा परेको बताउनुभयो । यसक्षेत्रको विकासमा पालिका, प्रदेश र संघीय सरकार एकसाथ सहकार्य गरेर काम गर्नुपर्ने बताउनुभयो ।
कपिलवस्तु नगरपालिका १० स्थित श्री आधारभूत विद्यालय कटुवाको २ कोठे भवन शिलन्यास गर्दै सांसद पन्थीले जनताको आवश्यकतालाई मध्यनजर गरेर संसद विकासकाे बजेटबाट पूर्वाधारका काम अघि बढ्ने जानकारि दिनुभयो । सोही अवसरमा विशिष्ट अतिथि वडा नम्बर १० का वडाध्यक्ष मोहनलाल शर्माले नगरपालिकाबाट धेरै आशा गर्ने ठाउँ नभएको भन्दै प्रदेशका माननीयबाट यहाँको विकासमा विशेष ध्यान दिएकाले प्रंशसा समेत गर्नुभयो । शिलन्यास कार्यक्रममा वडा नम्बर ११ का वडाध्यक्ष रामगोपाल यादव, जग्गादाता भल्लु थारु र विष्णु थारु, शिक्षाप्रेमी लोकनाथ मिश्र, समाजसेवी लगाएतको सहभागीता रहेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिराम निषादकाे अध्यक्षता, शिक्षिका कमला पाैडेलकाे स्वागत, समाजसेवी नागवान प्रसाद केवटको संचालनमा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक गोरखनाथ तिवारीले विद्यालयको अवस्था र भावी योजनाबारे जानकारी गराउनुभएको थियो । सांसद विकास कोषबाट २० लाखको लागतमा विद्यालयको २ कोठे भवन निर्माण कार्य शुरु भएको हो । विद्यालयमा विद्यार्थीको चाप अनुसार कक्षा कोठाको अभाव भएपछि बजेट विनियोजन गरिएको हो ।
प्रतिक्रिया