मायादेवी अनलाइन, बाणगंगा ।
९ औं चन्द्रौटा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सवको तयारी सुरु भएको छ।
कपिलवस्तुको चन्द्रौटामा व्यापार संघको आयोजनामा यसपालि महोत्सव लगाउने तयारी भएको हो ।
माघ ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुने महोत्सवको घोषणा शुक्रबार संघको कार्यालयमा आयोजित एक कार्यक्रममा गरिएको छ।
“कृषि, उद्योग, पर्यटन र व्यापारस् स्थानीय उत्पादनको प्रयोग, रोजगारको मुख्य आधार” भन्ने नाराका साथ आयोजना गरिने महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ।
महोत्सवको मूल आयोजक समितिका संयोजक महादेव पोखरेलले महोत्सवलाई नयाँपन दिने र जिल्लाका अन्य स्थानीय तहसँग सहकार्य गर्दै पर्यटन तथा औद्योगिक क्षेत्रमा प्रचारप्रसार गरिने जानकारी दिएका छन्।
उक्त कार्यक्रमका अवसरमा नवनिर्वाचित पत्रकार महासंघ कपिलवस्तुका सचिव सनिउल्ला धोबी र सदस्य माधव बेल्वासेलाई सम्मान गरिएको थियो।
कार्यक्रम संघका वरिष्ठ उपाध्यक्ष जगत पौडेलको स्वागत मन्तव्य र महासचिव गोपाल बञ्जाडेको सञ्चालनमा सम्पन्न भएको थियो।
महोत्सवले कृषि, उद्योग, र पर्यटन क्षेत्रलाई प्रोत्साहन गर्दै स्थानीय उत्पादन तथा रोजगारीलाई अगाडि बढाउने विश्वास गरिएको छ।
प्रतिक्रिया