१५ पुस २०८१, सोमबार | Mon Dec 30 2024

रियल मड्रिडले जित्यो फिफा इन्टर कन्टिनेन्टल कप



काठमाडौं ।
स्पेनिस क्लब रियल मड्रिडले फिफा इन्टर कन्टिनेन्टल कपको उपाधि जितेको छ ।

बुधबार राति भएको खेलमा मेक्सिकन क्लब पाचुकालाई ३-० गोलअन्तरले हराउँदै रियलले उपाधि जितेको हो । रियलको जितमा किलियन एमबापे, रोड्रिगो र भिनिसियस जुनियरले एक-एक गोल गरे ।

खेलको ३७औं मिनेटमा एमबापेले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० को अग्रता बनाएको रियलले दोस्रो हाफमा दुई गोल थप्यो ।

५३औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । ८४औं मिनेटमा भिनिले पेनाल्टीमार्फत गोल गर्दै रियलको ३-० को जित सुनिश्चित गरे ।

यूरोपियन च्याम्पियन रियलले सिधै फाइनल खेल्दा पाचुकाले कनकाकाफ च्याम्पियन भएर ब्राजिल र इजिप्टको क्लबलाई हराउँदै फाइनलमा पुगेको थियो ।

प्रकाशित मिति : ४ पुस २०८१ बिहिबार ००:००  १० : १७ बजे