६ पुस २०८१, शनिबार | Sat Dec 21 2024

सिद्धार्थ ट्रेडर्स चारनम्बरद्धारा ‘एक्स्ट्रिम’ सिरिजका दुई नयाँ बाइक सार्वजनिक, कति पर्छ मूल्य?



मायादेवी अनलाइन, जितपुर ।

सिजी मोटर्सको कपिलवस्तुका लागि आधिकारिक विक्रेता श्री सिद्धार्थ ट्रेडर्स चारनम्बरले ‘एक्स्ट्रिम’ सिरिजका दुई नयाँ बाइक सार्वजनिक गरेको छ । बुधबार एक कार्यक्रमकाबीच सिद्धार्थ ट्रेडर्सले एक्स्ट्रिम १६० आर फोरभि र एक्स्ट्रिम १२५ आर सार्वजनिक गरेको हो ।

शोरुमका संचालक नारायण पौडेलले हिरो विश्वका उत्कृष्ट उत्पादनहरू आफ्नो हरेक बजारमा उपलब्ध गराउने प्रतिवद्धताका साथ अघि बढेको बताए । सोही क्रममा एक्स्ट्रिम १६० आर फोरभि र एक्स्ट्रिम १२५ आर सार्वजनिक भएको उनले बताए । विश्वकै ठूलो मोटरसाइकल र स्कूटर निर्माता हीरो मोटोकर्पले एक्स्ट्रिम रेज मार्फत नेपालका आधुनिक राइडरहरूको परिस्कृत माग तथा आवश्यकताहरू पूरा गर्दै आएको बताए । उनले सार्वजनिक गरिएका मोटरसाईकलहरु शक्तिशाली, आकर्षक र उत्कृष्ट रहेको संचालक पाैडेलले बताए । उनले विगत १८ बर्षदेखि सिद्धार्थ ट्रेडसले आधिकारीक रुपमा सिजीका उत्पादनहरु विक्रि वितरण गर्दै आएको बताए ।

कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीले हिरोको यस शोरुमले लामो समयदेखि यस क्षेत्रका उपभोक्तालाई गुणस्तर एवम् उत्कृष्ट तवरले आफ्ना उत्पादनहरु विक्रिवितरण गर्दै आएको बताए । उनले हिरोका उत्पादनहरु सबैले रुचाएको भन्दै सार्वजनिक गरिएका दुई मोटरसाईकलले समेत सफलता पाउने विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कपिलवस्तु उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष डोलकराम घिमिरे, पूर्वअध्यक्ष उमानाथ पौडेल, देवी पाण्डे, वरिष्ठ उपाध्यक्ष हुमनाथ पौडेल, नागरिक समाजका पूर्वअध्यक्ष दोलख बहादुर पछाई, कपिलवस्तु उद्योग व्यापार संघका अध्यक्ष खिमानन्द पौडेल लगायतले हिरोका हरेक उत्पादनहरु आम जनस्तरमा विगतदेखि नै लोकप्रिय रहदै आएको बताउँदै यी सार्वजनिक मोटरसाईकलले पनि ऐतिहासिक सफलता हासिल गर्ने बताएका थिए ।

सिजी माेटर्सका एरिया सेल्स म्यानेजर नेत्र कुँवरले सार्वजनिक गरिएका दुई मोटरसाईकलका विशेषताहरुका बारेमा जानकारी गराएका थिए । सो क्रममा उनले एक्स्ट्रिम १६० आर फोर भि र एक्स्ट्रिम १२५ आरले नेपालमा हीरो मोटोकर्पको नयाँ ब्रान्ड पहिचानलाई थप सशक्त बनाउने बताए ।

उनले एक्स्ट्रिम १६० आर फोरभी (प्रो) को मूल्य ३ लाख ८४ हजार ९०० रुपैयाँ र एक्स्ट्रिम १२५ आरको मूल्य सीबीएस भेरियन्टका लागि २ लाख ८९ हजार ९०० रुपैयाँ तथा एबीएस भेरियन्टका लागि रु. ३ लाख ११ हजार ९०० रुपैयाँ ताकिएको जानकारी दिए । सार्वजनिक यी दुवै मोडेलहरू नवलपरासीस्थित सीजी इन्डस्ट्रियल पार्कमा रहेको अत्याधुनिक असेम्ब्ली प्लान्टमा एक्सपल्स २०० फोरमी, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस मोटरसाइकलहरू र जुम ११० स्कूटर असेम्बल गरिएको जनाईएको छ ।

नयाँ सिरिजका यी बाइकको प्रवेशले नेपाली दुईपांग्रे बजारमा नयाँ मानक स्थापित गर्ने दाबी छ।

एक्स्ट्रिम १२५ आर सिंगल च्यानल एबिएस रहेको छ। यसमा उन्नत ब्रेकिङ प्रविधि प्रयोग गरिएको उल्लेख गरिएको छ। यो श्रेणीकै सर्वाधिक तीव्र गतिको मोटरसाइकल भएको कम्पनीको भनाइ छ।

यस्तै नवप्रवर्तनात्मक प्रविधि सहितको एलइडी हेडलाइटको सुविधा दिइएको छ। यसमा रहेको ब्लुटुथ कनेक्टिभिटीले चालकका लागि सहजता, सुरक्षा र मनोरञ्जन सुविधा दिने उल्लेख गरिएको छ।

हिरो एक्स्ट्रिम १२५ को दुई भेरियन्ट सिबिएस र एबिएस भर्सनमा छन्।

शोरुमका म्यानेजर बाबुराम पौडेलले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको संचालन शोरुमका सेल्स ईन्चार्ज शिव पौडेलले गरेका थिए ।
सोही कार्यक्रममा मोटरसाईकल खरिद गर्ने पहिलो ग्राहकका रुपमा बाणगंगा नगरपालिका ५ का रमेश पोख्रेललाई चावी हस्तान्तरण समेत गरिएको थियो ।

प्रकाशित मिति : ३ पुस २०८१ बुधबार ००:००  ७ : ४६ बजे