३ पुस २०८१, बुधबार | Wed Dec 18 2024

७५३ पालिकामा पहिलो अभ्यासः एमाले वाणगंगा नगर कमिटीकाे बैठक निर्देशिका पारित



कपिलवस्तु ।

नेकपा एमाले वाणगंगा नगरकमिटीले बैठक संचालनका लागि निर्देशिका पारित गरेको छ। निर्देशिकामा बैठकको समय, विषयवस्तुको छलफल र अतिथि, प्रमुख अतिथिको बोल्ने समय तय गरिएको छ। बैठकमा प्रमुख अतिथि कुर्ने परिपाटीको अत्य गर्दै पहिलो बैठकमा ३० मिनेट, दोश्रोमा १५ मिनेट र तेश्रो बैठकमा शून्य समय दिइने व्यवस्था गरिएको छ। साथै, बैठकमा प्रस्तावमा छलफल गर्ने विषयलाई विषयान्तर नगरी समयमै संचालन गर्न निर्देशित गरिएको छ।

नेकपा एमाले वाणगंगा नगर कमिटीले ७५३ पालिका मध्ये पहिलो अभ्यासका रुपमा वैठक निर्देशिका पारित गरेर अघि बढेको दावी गरेको छ । आउने वैठकबाट निर्देशिका कार्यान्वयन भएपछि पार्टी व्यवस्थित र प्रभावकारी ढंगले अघि बढ्ने विश्वास लिइएको छ । ७५३ पालिकामा कतै यस्तो अभ्यास भएकाे छैन, अध्यक्ष अर्यालले भने, यो अभ्यास नयाँ हो, पार्टी नेतृत्वदेखि कार्यकर्तासम्म सवैको महत्व र भूमिका दर्शाउदै आनी बानीको सुधारमा परिवर्तन आउछ। सचिवालयको बैठकको निर्णय अनुसार, सवै प्रस्तावमा अतिथीहरू बोल्न नपाइने, समय तोक्ने र निर्देशिका कार्यान्वयनमा लैजाने निर्णय गरिएको वाणगंगा नगर कमिटी अध्यक्ष सोमनाथ अर्यालले जानकारी दिएका छन्।

पछिल्लो समय वैठकहरु लामो र झन्झटिलो हुदै गएकाले व्यवस्थित र मर्यादिन बनाउन निर्देशिका कार्यान्वयनमा ल्याइएको नगर सचिव चेतनारायण भण्डारीले जानकारी दिए ।

नेकपा एमाले वाणगंगा नगर कमिटीको कार्यालय बैरियाका बसेको तेश्रो सचिवालय बैठकले महत्वपूर्ण निर्णयहरु लिएका हो । यसमा मतदाता जागरणका लागि काम गर्ने, टोल कमिटी र वडा कमिटी भूगोलमा रहेका सवै नेतालाई परिचालन गर्ने, नगर कमिटिको कार्यविभाजनलाई पूर्णता दिने र आउँदो वर्षका योजनाहरु निर्माण गर्ने लगायतका विषयहरु समेटिएका छन्।

बैठकका प्रमुख अतिथी, केन्द्रिय निर्वाचन आयोगका सदस्य झविलाल पोख्रेलले जनमुखी काम गरेर स्थानीय सरकारले नागरिकको मन जित्नुपर्ने बताएका छन् । नगरका भौतिक पूर्वाधार र विकास निर्माणका कामहरू कमजोर रहेको भन्दै जनप्रतिनिधिहरुलाई सचेत रही ध्यान दिन आग्रह गरे।

बैठकमा प्रदेश कमिटि सदस्य डम्मर शर्मा, प्रदेश कमिटि सदस्य तथा नगर सहइन्चार्ज विमला चौधरी, जिल्ला उपाध्यक्ष शंकर पाण्डे, पूर्व प्रदेश कमिटी सदस्य तेज प्रसाद आचार्य, धर्मराज भट्टराई, नगर इन्चार्ज युवराज पोख्रेल, जिल्ला कमिटी सचिवालय सदस्य रिता कुमारी चौधरी लगायतका नेताहरुले आ आफ्नो धारणा राखेका थिए।

बैठकको अध्यक्षता वाणगंगा नगर कमिटी अध्यक्ष सोमनाथ अर्याल र सचिव चेतनाराण भण्डारीले बैठक संचालन गरेका थिए ।

प्रकाशित मिति : २ पुस २०८१ मंगलबार ००:००  ८ : ४७ बजे