बाणगंगाा ।
कपिलवस्तु उद्योग बाणिज्य संघले मंसिर १९ गतेदेखि आयोजना गरेको १५औं कपिलवस्तु महोत्सवको समापन मंगलबार भव्य रुपमा हुदैंछ । महोत्सवको समापन गर्न लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल आउने कार्यक्रम तय भएको संघका अध्यक्ष तथा महोत्सवका संयोजक गणेश बहादुर क्षेत्रीले जानकारी दिए ।
अध्यक्ष क्षेत्रीले महोत्सवले स्थानीय उत्पादनलाई प्रवर्धन गर्नुका साथै उत्पादक र उपभोक्तालाई एउटै थलोमा ल्याउने काम गरेको बताए । उनले यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थलको संरक्षण तथा प्रवद्र्धन गर्न महोत्सवले महत्वपुर्ण भूमिका निर्वाह गरेको बताए । उनले महोत्सवको समापन कार्यक्रमलाई सभ्य र भव्य बनाउन आह्वान गर्दै सबैलाई चुले निम्तो समेत दिएका छन् ।
महोत्सवका निर्देशक समेत रहेका कपिलवस्तु उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हुमनाथ पौडेलले कपिलवस्तुसहित अन्य जिल्लामा रहेका उद्यमीको उत्पादनको प्रदर्शन, प्रवर्धनका लागि महोत्सव कोशेढुगां सावित बनेको बताए । उनले महोत्सवले यस क्षेत्रको अर्थतन्त्रलाई चलायमान बनाएको समेत बताए ।
समापन कार्यक्रममा चर्चित थारु गायक राज कुस्मी, प्रतिक्षा ब्यान्डका साथै डिजे लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने महोत्सवका मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रम संयोजक राँमजी सेनले जानकारी दिए ।
यसैबीच १३औं कपिलवस्तु डान्स आईडलको उपाधिको लागि ४ जनाको कडा प्रतिस्पर्धा हुने भएको छ । सोमबार जस्मिन घिमिरे बाहिरिएसंगै आईडलको ग्रायान्ड फिनालेमा पवित्रा कुमारी छहारी, निलम पौडेल, प्रतिज्ञा गिरी र प्रिन्सा हमाल प्रवेश गरेका डान्स आईडल संयोजक विष्णु मल्लले जानकारी दिईन् । जस्मिनलाई ससम्मान विदाई गरेको उनले बताईन् ।
१३औं कपिलवस्तु डान्स आईडल अन्तर्गत १५ जना प्रतिस्पर्धी स्टेज चडेका थिए ।
कपिलवस्तु उद्योग बाणिज्य संघद्धारा आयोजित १५औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी “सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ बाणगंगाको चारनम्बर जीतपुरस्थित बुद्धरंगशालामा बुधारबादेखि सुरु भएको हो ।
प्रतिक्रिया